सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाउ भा’छ !

Nepal Telecom ad

 

१. कस्तो कस्तो गुजुल्टो छ ! कस्तो कस्तो गाँठो !
अहिलेको समय त कस्तो हाउ भा’छ !

२. कुरा गर्छन् ‘मानवका हक हित’ ओहो !
भोज मोज आनन्द नै कस्तो हाउ भा’छ !

३. ‘रातो रातो विहानी’को कस्तो रन्को थियो !
सातो गयो ! अर्कै रङ कस्तो हाउ भा’छ !

४. पढ्ने गन्ती वढेको छ ! बुझाइ छ कस्तो !
शास्त्र वाद रन्केर लौ ! कस्तो हाउ भा’छ !

५. कैयौं वर्ष बितुन् हाम्रा जुन घाम माथि
ग्रहणले ढाक्ने पारा कस्तो हाउ भा’छ !

६. पण्डित र ज्ञानी उनै शास्त्र मात्र भन्ने !
नयाँ ज्योति दिन दिन कस्तो हाउ भा’छ !

७. आफूलाई लुकाएर पोको फुक्छ ओहो !
फुईं हाँक्ने जमातको कस्तो हाउ भा’छ !

८. हाहा हुहु ! आहा ! अहो ! हुर्रे ! गफै बढेको छ !
गुदी भन्दा बोक्रो आहा ! कस्तो हाउ भा’छ !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी