सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

रणभेदी मृदङ्गहरू…

Nepal Telecom ad

(सन्दर्भ श्रमिक महिला दिवस)

साथी ! सुन्छु अचेल तिम्रो शहरतिर
नारी अस्मिताका कुराहरू उठाउन थालेका छन् रे
नारी अधिकारका विषयमा गोष्ठीहरू हुन्छन् रे
नारी पनि पुरुष सरह नै हुन् भनि भन्न थालेका छन् रे
नारी हिंसाविरुद्ध विश्वव्यापी अभियान चाल्दैछन् रे
साथी खै ! हाम्रो ठाउँमा भने अझै पनि
यस्ता लहरहरू आउनै सकेका छैनन्
यहाँ प्रत्येक गर्भवती आमाहरू
छोरी जन्मेला कि भनेर भयग्रस्त रहन अभिशप्त छन्
किनकी छोरीका आमा हुनुको नियतीमा उनीहरुले
समाजका कटाक्ष वाणहरू सहनु पर्छ
तिरस्कारका तीखा धारहरू खप्नुपर्छ
उपेक्षित र अपमानित जीवन भोग्नुपर्छ
शारीरिक र मानसिक यातना झेल्नुपर्छ
रुढीग्रस्त यहाँका मान्छेहरू
अझै छोरा पाउने उत्कण्ठा राख्छन्
मरेपछि स्वर्ग तरिन्छ भन्ने अन्धविश्वासमा
देवी देवता भाक्छन्
धार्मिक अनुष्ठान गर्छन्
सिँगानै पुछ्न नसके पनि छोरा नै जाती
भन्ने उखान हाल्छन्
खै! के के पो सुनाउँ तिमीलाई साथी ?
गाउँको हाल अचेल झन् बेहाल छ
अस्ति मात्रै पल्लाघरे बहिनी
परिवारको कठोर बुहार्तनको बोझ
थाम्नै नसकी झुण्डेर मरी !
हिजैमात्र वल्लाघरे दिदी
दाइजो काम भएर सधैं घरमा
साताइने पीडा खप्नै नसकी जलेर मरी
(न वा जलइएकी हुन् ? )
माझाघरे भाउजुले यसपल्ट पनि
फेरि छोरी नै पाइन् भन्ने रिसले
सबै मिली सौता हालिदिए !
माथ्लाघरे काकीको त झन् के कुरा गरौं र ?
सम्झिदा पनि आङनै सिरिङ्ग हुन्छ
संसार देख्नु अघि नै छोरीलाई
कंसहरू मिलेर संसारबाट बिदा गरिदिएछन् !
पोहरसाल सुनको किलिप लगाउने
झिलिमिली शहर हेर्ने सपना बोकेर
गलैंचा बुन्न गएकी ठूली पनि
सपना सबै एड्ससँग पो साटेर आइछ
इन्तु न् चिन्तुसँग गोठमा लडिराकी छ !
यसपाली फेरि साइँली र माइली
पानी-पँधेरो मेलापात गर्ने गएका
उतैबाट कुन छट्टुले कलकत्ता बम्बै पुर्याइ सकेछ
छोरीका पीरले ठूली आमा थलै परेकी छिन् !
घाँस दाउरा गर्न गएकी कान्छीलाई
यौवनका संघारमा पनि टेक्ने नदिई
राक्षस बस्तीका दानवहरूले
बलात्कार गरी जंगलमै मारेर फ्याँकेछन् !
सानीले स्कूल जान साह्रै रहर गरेकी छे
बस्तुभाउ, घरधन्दा र भाइबहिनी हेर्दैमा ठिक्क छे
पढेर के काम पराइघर जाने छोरीका जातले ? भनी
शिक्षाको उज्यलोबाट बञ्चित गराएका छन् !
कामुक व्यक्तिको शिकार भई कुमारीआमा बन्न बाध्य सीता
गर्भपात गर्दा ज्यान मुद्दा लाग्ने नगर्दा बेश्याको उपाधि पाइने
बच्चाको बाबुले नाउँ दिन अस्विकार गर्दा अलपत्रमा परेकी छे !
यसरी साथी यहाँका नारीहरुले
भोगि नसक्नुका कथा भोगिरहेका छन्
त्यसैले यदी त्यस्तो हो भने साथी !
यसपल्ट तिमी गाउँ आउँदा
हामीलाई कोसेली स्वरूप शहरबाट
नारी हिंसाविरूद्दका आवाजहरू लिएर आऊ
समाजका कुरीतिहरू हटाउने उपायहरू सोचेर आऊ
छोरीलाई समेत पुग्ने गरी शिक्षाको उज्यालो बोकेर आऊ
नारी समानताका नाराहरूले वनपाखा घन्काउदै आऊ
नारी आन्दोलनका रणभेदी मृदङ्गहरू बजाउँदै आऊ !
नारी आन्दोलनका रणभेदी मृदङ्गहरू बजाउँदै आऊ !!

काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरुप समय

कुरुप समय

उषा शेरचन
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला