सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एक गते

Nepal Telecom ad

कहिले ढोक ढकढकाउँदै
कहिले झ्याल खटखटाउँदै
घरबेटीलाई डोर्याउँदै
हरेक एक गते सुटुक्क आउँछ
कहिले कोठा चियाउँदै
बाटो देखाउँदै
पसलेलाई टुपलुक्क घरमै ल्याउँछ
आउँदा बजिया
सानोतिनो भूकम्प नै ल्याउँछ ।

कहिले पाहुना आउँदा
मिठो मसिनो ल्याउँदा
कहिले मन रमाउन
सोमरसमा सुकुटी भ्याउँदा
भर्खर बिदा गरे जस्तो लाग्छ
हेर्दाहेर्दै एक गते
कहिले फोन गरेर
कहिले मिसकल गरेर
कहिले एसएमएस गरेर
टुप्लुक्कै कोठामै धाउँछ
धाउदा बजिया
ठूलै हलचल नै ल्याउँछ ।

कहिले छोराको स्कुल हुँदै
कहिले साउनीको भट्टी हुँदै
कहिले तरकारी वालासँग
कहिले दुधवालासँग
लुसुक्क पुलिस झैं आउँछ
मान्छेलाई
यता भागूँ कि उता भागूँ नै गराउँछ
बजिया एक गते आउँदा
सानोतिनो पहिरो नै ल्याउँछ ।

कसैलाई भोलि भन्यो
कसैलाई पर्सि भन्यो
यसलाई यसरी फकायो
उसलाई उसरी नै फकायो
प्लेब्वाय जस्तो डेटिङ दिंदा
कहिले तर्साउँदै
कहिले थर्काउँदै
कहिले दम्काउँदै
कहिले धम्काउँदै
ठ्याकर्याक्क ढोकामै आउँछ
आउँदा बजियाले
मान्छेको सातो नै उडाउँछ ।

यो एक गते आउँदा
ब्याट्री नभएको घडी जस्तो
रोक्की राख्नु नि !
ठ्याक्क हाम्रै संविधान जस्तो
उतै लट्की राख्नु नि !
भूतपे्रत जस्तै
कतै भट्की राख्नु नि !
नभए टेलिकमको एसएमएस जस्तै
ह्याङओभर भएर
उतै अट्की राख्नु नि
थाहै नदिई
हुरी झैं हुइँकिदै आउँछ
आउदा बजिया
सानोतिनो सुनामी नै ल्याउँछ ।

बजिया एक गते आउँदा
काठमाडौंको जाममा फस्नु नि !
के आजकाल बसै खसे झैं
उतै त्रिसुलीतिरै खस्नु नि !
भर्खर रिण मोचन गरेर
ढुक्कले बसेको बेला
छोराछोरीको माग
श्रीमतीको फर्माइस लिएर
गडगडाउँदै आउँछ
आउँदा बजिया
सानोतिनो बाढी नै ल्याउँछ ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे