सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सभ्यताको अनुहार

Nepal Telecom ad

हजुरबाको टोपी खुइँलिदासम्म
हजुरआमाको मजेत्रो मइँलिदासम्म
गोरु झैं बाबा जोतिँदा पनि
माटोसँगै आमा पोतिँदा पनि
आगनमा वसन्त आउँदै आएन
निधारमा घाम कहिल्यै उदाएन

ब्रहमाण्डको दूरी नाप्नेहरूले
मान्छेको दूरी किन नापेनन् ?
संसार साँघुरिएको देख्नेहरूले
मान्छे टाढिएको किन देखेनन् ?
समृद्घिको सालिक पुज्नेहरूले
विभेदको खाडल किन पुरेनन् ?

यो बाटो खुट्टाले हिड्नेहरूको भन्दा
मोटरमा गुड्नेहरूको कसरी भयो ?
यो माटो श्रमले सिँच्नेहरूको भन्दा
प्लटिङ् गरेर बेच्नेहरूको कसरी भयो ?

धर्तीमा हावा र पानी
हुकुम चलाउनेले बनाएका होइनन्
हलो समाउनेले फलाएका हुन्
आकासमा घाम र जून
बपौती पाउनेले ल्याएका होइनन्
पौरख रोप्नेले फुलाएका हुन्

पसीनाको समुद्र बहाउने सामु
अभावको पहाड ठडिएपछि
किर्ते कागजमा तोक लाएर
लुटको भकारी भरिएपछि
सामन्ती युगलाई धुलो चटाउन
सभ्यताको कुरुप अनुहार मेटाउन
अब, हत्केलाको ठेला विस्फोट गराउँछु
र महलहरूमा भुइँचालो ल्याउँछु ।
थलारा, बझाङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल
बाबाको सपना

बाबाको सपना

विप्लव ढकाल
माया गाँस्ने कविता

माया गाँस्ने कविता

साधुराम खड्का
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल