सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाम्रो काम ! हाम्रो उखान !!

Nepal Telecom ad

लोकतन्त्र !
बाँदरको हातमा नरिवल ! !

गणतन्त्र !
कुकुरलाई घ्यु नपचेको ! !

संबिधान सभा !
काम कुरा एकातिर
कुम्लो बोकी ठिमीतिर ! !

संविधान सभाको बैठक कसले डाक्ने !
अघि बुढी जानिनन्
पछि बुढी मानिनन् ! !

सरकार गठनको कुरा !
काशी जाने कुटिको बाटो ! !

सङ्घीयता !
हाती आयो, हाती आयो, फुस्सा ! !

सत्य निरुपण आयोगको गठन !
घ्यु न तेल पका बुढी सेल ! !

समानुपातिक निर्बाचन !
आफ्नो हात जगन्नाथ ! !
–गौरी प्रधान
काठमाण्डौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad