सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मनको लड्डू घिउसित

Nepal Telecom ad

बस आफ्नो गतिमा थियो, यात्रुहरू चैं दुर्गतिमा ! मैले बल्ल तल्ल एउटा सिटमा आफूलाई फिट पार्न सकेकोले भाग्यमानी भन्ठानें । आफैंलाई बधाई दिउँ जस्तो लाग्यो ।

त्यसमाथि झन् अघिल्लो सिटमा एकजना जोडी प्रेमी बसेर प्रेमलाप गरिरहेको ! के खोज्छस् कानो आँखो भन्ने उखानलाई तत्काल सच्याएँ– के खोज्छस् कान प्रेमको बखान ! प्रेमलापको केही अमृतकणहरू पान गर्न मेरा कानहरू लालायित भए । कवीर दासले भनेको– ‘दाइ आखर प्रेमका पढे सो पंडित होय !’ सम्झेर स्वयंलाई पण्डित बनाउन थालेँ ।

पुरुष स्वरले प्रमपूर्वक प्रश्न ग¥यो, हैन अचेल आफूलाई आधुनिक भन्ने केटीहरू पनि किन अनुहारमा अनेक थरी पोतेर हिँड्छन् ? वास्तविक अनुहार त कैयौं चीजकोे पोताइले देख्न पनि नपाइने गाँठे ! बादलमै चन्द«मा हराएजस्तो ।

प्रेमिका निकै अनुभवी थिई क्यारे ! मस्केर भनी, म चन्द«मा जस्तै राम्री छु त ! तिमीले मलाई फुक्र्याएको त हैन ?

प्रेमीले प्रेम पोख्यो, चन्द्रमा त तिम्रो सामु क्यै छैन । चन्द्रमालाई त वैज्ञानिकहरूले बिटुलो पारिसके ! छ्या… त्यस्तो चन्द्रमा !

मलाई त त्यो प्रमी युवकको पाखुरामा समाएर भन्न मन लाग्यो, यस्तो चम्चागिरी गर्ने मान्छे त राजनीतिमा गए तिम्रो भविष्य उज्ज्वल हुन्थ्यो । कहाँ यो प्रेमजालमा फसेको ।

म त्यति राम्री छु भने मलाई कुनै रसिकले नयनसुखका लागि एकछिनसम्म हेरिरह्यो भने तिमीलाई मन पर्ला त ? प्रेमिकाले अकस्मात गम्भीर प्रश्न गरी ।

मन पर्ला रे ! म त त्यसका दुबै आँखा झिकेर हातमा हालिदिन्छु र भन्छु, जाऊ बाबु घर गएर गुच्चा खेल ! प्रेमीले कुनै पुरानो फिल्मी संवाद दोहोर्यायो ।

हो… ! त्यसैले हामी आफ्नो अनुहार मेकअपको बादलमा लुकाएर हिंड्छौँ । दिनभरिमा हामीलाई चियाई चियाई हेर्ने हजारौँ आखाहरूले बादललाई छोडेर चन्द«मालाई समेत छेड्ने प्रयास गर्छन् । म त मात्र तिम्री हुँ । प्रेमिकाले पनि फिल्मी पारा देखाई ।

अनि ‘च्वाँक्क’ को आवाज आयो । कस्तो पात्तिएको मोरो रे’छ, बसमै म्वाइ खायो क्यारे भन्ठानेँ । बस र प्रेमीयुगले दुवै आ–आफ्नो गन्तव्यतिर लम्कदै थिए । हाम्रा अवसरवादी सांसदहरू झैँ म पनि मनको लड्डू घिउसित खान थालेँ ।
थानकोट, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य