सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सत्ता र नेतृत्व

Nepal Telecom ad

“तपाई सत्तामा न फर्किंदा हुँदैनथ्यो ?” कार्यकर्ताले मुखेन्जी नै भनिदियो । उसले आम मानिसको अपेक्षा नै पुर्याएकै हो ।

“राजनीति गर्ने मान्छेका विवशता अलिक अर्कै हुँदा रा’न । मैले ६ महिनासम्म सत्ताबाट बाहिर बसेर आदर्शकै खेति गरें । चरो मुसो क्वै आएन । जन सम्पर्कको उत्तम मध्यम भनेकै सत्ता रहेछ । मैले व्यवहारको सूक्ष्म अध्यनबाट प्राप्त गरेको बोधिसत्व हो यो । ख्वै तपाईंले यो कुरा बुझेको ?! तपाईंले पनि क्याम्प चेञ्ज गरेको कि क्या हो ?” नेताजीले आफ्नो बचाउ गर्दै लम्बेतम्बे भाषण नै दिए ।

“सत्ता त सामाजिक मिसनको एउटा माध्यम न हो । त्यो नै मिसन भो भने त विचलन भई हाल्यो नि ! तपार्इंले त नीतिगत, सैद्धान्तिक बिँडो समात्ता हुन्नथ्यो र ?!” कायकर्ताले मन बुझाएन ।

“तपाई कुरै बुझ्नु हुन्न । पढ्नु पर्छ । सैद्धान्तिक स्तर नभएपछि समस्या आउँछ । पार्टी त्यसै बन्दैन । त्यसको निम्ति काविल नेतृत्व चाहिन्छ । मेरो हाइटको अर्को जखमले नेतै निस्केन ।” नेता आफ्नै चट्टानी अडानमा ढिट रहे ।
“सकिएन बा !” सोझो कार्यकर्ता गम्दै बाहिर निस्कियो ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अन्तिम संदेश

अन्तिम संदेश

टङ्क कार्की
पख, म आफैं फाँसी चढ्छु 

पख, म आफैं फाँसी...

टङ्क कार्की