प्रिय सखा फित्कौली,
धेरै–धेरै सम्झना, सुमधुर माया ।

समयको खेलमा गोल हान्दा हान्दै, तिमीसँग विछोड भएको पनि धेरै वर्ष भैसक्यो । तिम्रै दौतरीहरु कति मरे, कति लोप भैसके त कति बसाइँ पनि सरिसके तर तिमी भने सधँै निरन्तर आफ्नो यात्रामा प्रतिबद्द छौ । जस्तासुकै समस्यासँग पनि नडराउने, नझुक्ने तिम्रो बानी सा¥है राम्रो छ । कति निश्छल छौ तिमी फिल्टरमा छानेको पानी जस्तै । राजधानीका तिम्रा साथीहरु पनि कति त विष्णुमती अनि वाग्मतीको पानी जस्तै बन्न सिपालु भैसके । मेरी प्रिय सखा कति साहसी, अनि कति निडर छौ तिमी । सधँै आफ्नो गन्तव्यमा पुग्न पहाड फोर्दै र मैदान हिल्याउँदै अघि बढिरहेकी छौँ । तिम्रो त्यो विशाल छाती हिमालबाट पग्लिन लागेको हिउँ जस्तै पवित्र छ । साच्चै हो ल तिम्रै कसम ।

जब मैले तिम्रो माया पाएको थिएँ, त्यतिबेला कति आनन्द लाग्थ्यो मलाई । तिमीसँगको त्यो सामिप्यताले सबै दुःखपीडाहरु बिर्सन्थँे, तिम्रो शितल छहारीमा विश्राम लिंदा स्वर्गकै कल्पना हुन्थ्यो मलाई । तर हेर न मान्छे कति स्वार्थी बन्छ ? तिम्रो मायाको कमी नभए पनि म नै ज्यादै निष्ठूर बन्न बाध्य भएँ । तिमीलाई केही पनि नभनी तिमीबाट निकै टाढा बनेँ । न फोन, न पत्राचार, न अन्य मिडियाका त्यान्द्राहरु । गल्ती सो¥है आना मेरो हो फित्कौली । मायामा केही स्वार्थ मिसिन्छ भन्थे, सायद त्यही भयो कि ? त्यसको लागि तिमीसँग एउटा अन्जान प्रेमीको हैसियतले माफी माग्न चाहन्छु, स्वीकार गर ल !

मेरी प्रियतम तिमी बुझक्की छ्यौ, तिम्रो मायालाई लत्याउन पटक्कै मन थिएन तर के गर्ने जीवन गुजार्न माया गरेर मात्रै पनि नपुग्ने ? अनि तिम्रो र मेरो सम्बन्धलाई प्रगाढ बनाउनको लागि पनि त मैले धेरै काम गर्नुथियो त्यसैले लामो समयसम्म तिम्रो मायामा लुटपुटिन पाइन । हाम्रो प्रेमलाई स्थायी बनाउनको लागि मैले थेरै दुःख गरँे । पूर्व–पश्चिम, उत्तर–दक्षिण जताततै दौडधुप गरँे । कतै काम, कतै लाम, कतै दाम, कतै जाम के पो सहिन र ? सबै सबै सहदै झन् दुःख खप्न सक्ने, झन् दुःख झेल्न सक्ने भएको छु । हाम्रो यात्रालाई सजिलो बनाउन, फूलका धेरै बेर्नाहरु रोपेको छु, भन्ज्याङ्का शितल चौपारीहरु पनि ढलिसके त्यसैले पुन नयाँ वर, पिपल, सिमल र अन्य बोटहरु पनि रोपेको छु । निकट भविष्यमा हामी ती सुन्दर फूलबारीमा आनन्द लिंदै डुल्नेछौ, लामो यात्रामा भन्ज्याङ्को चौपारीमा बसेर मायाप्रेमका मिठामिठा कुराहरु गर्नेछौँ ।

मेरी प्रियतम तिमीलाई सबै थाहा छ । सुखमा मात्तिने र दुःखमा आत्तिने कहिल्यै गर्नुहुँदैन । अन्याय र अत्याचार कहिल्यै सहनुहुँदैन । तिमीले कसरी विरोध गर्न सक्छ्यौ, अन्याय र अच्याचारको अनि विकृित र विसंगतिहरुको । आजको निजी र स्वार्थी जमानामा पनि तिमी कति निस्वार्थी छौ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका आफ्ना प्रेमीहरुलाई बराबर माया ग¥छ्यौ । तिम्रा साथीहरु त आफ्नो परिचय पनि राम्रा र सुकिला लुगा लगाउनेलाई मात्र दिन्छन् तर तिमी भने फाटेका लुगा लगाउने अनि पाइताला र काँध चिरिएकाहरुलाई पनि समान सद्भाव दिन्छ्यौ । साच्ची फित्कौली कति महान छौ तिमी भनेर मैले फु¥क्याइरहनु नै पर्दैन । तिम्रो शितल छहारीमा रमाउँदै भन्ज्याङ चढ्न तम्सनेहरुको संख्या निकै बढिरहेको छ । कति सुन्दर छौ तिमी । जस्तालाई तस्तै भनिदिन्छ्यौ । चाकडी र चाप्लुसी गर्ने यो आधुनिक जमानामा पनि तिमी त्यसतर्फ ध्यान नै दिन्नौ । बरु याद गर्नु खुट्टा तान्नेहरु आउलान् जोडसँग लात्ताले हिर्काउनु, अरुका मागेका गहना लगाएर तिमीसँग चिरीच्याट्ट पर्न खोज्लान्, उनीहरुलाई तिरस्कार गर्दै परिश्रमले ठेला उठेका हातको संरक्षण गर्नु ।

प्रिय सखा तिमीलाई थाहा छ नि, लामो समयसम्मको विछोड पछिको मिलन कति मिठो हुन्छ । लामो समय पछिको हाम्रो यो मिलनले अब निरन्तरता पाउने छ । मलाई विश्वास गर फित्कौली अब मैले तिमीलाई धोका दिनेछैन । जीवन जिउने अनगिन्ती गोरेटाहरुमा उकाली ओराली गर्दै चोखो माया गर्न आउनेछु । अनि हामी दुःखसुखका कुरा गरौंला, माया प्रेमका कुरा गरौंला । तिमी साहसी छौ, कति पनि नआत्तिनु दाम नभए पनि तिम्रो काम रोकिनेछैन । चिप्लोमा नलड्नू, ढेस लागेर अगाडि नहुत्तिनू, अगाडि फराकिलो पिच बाटो देखियो भने पनि स्पिड नबढाउनू, आफ्नो यात्रामा हात्तीझैं सधैं लमक लमक अगाडि बढिरहनू । तिम्रा प्रेमीहरु सबैलाई माया बराबर गरिरहनू अनि देख्ने, भेट्ने साँध र ठाउँ फेरिरहनू ।

उही तिम्रो निश्छल प्रेमी
स्याङ्जाली बोक्सी ।
२०६८/०१/१०