सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

राहतका किटाणु चिनौँ

Nepal Telecom ad

क्षतिपूर्ति दिने टोली घरमा पुग्न खोज्दछ
सामान्य क्षतिकै लागि हत्ते गर्नु त व्यर्थ छ ।

निर्विकल्प हुनेलाई दिऔँ राहत बेसरी
विकल्प जसमा हुन्छ नलिऔँ त्यो कसैगरी ।

निःशुल्क पाइयो भन्दै कुनै राहत नै पनि
नलिँदाँ नहुनेजस्तो लागे त्यो नलिऔँ अनि ।

पाइयो सहजै भन्दै सक्नेले नलिऔँ कतै
लिएमा ग्लानिको भाव जागोस् आफैँ जताजतै ।

बढी क्षति हुनेलाई सबैको साथ झन् रहोस्
आफूले नलिँदा राम्रो अरूकै हातमा परोस् ।

आफूभन्दा कयौँ दुःखी तिनको सम्झना गरौँ
घाउको अवस्था हेरी मानवी भावना छरौँ ।

बढी लागतको भारी जोसुकैको नहोस् अझै
व्यक्तिको अवस्था हेरौँ यद्वा ल्याकत नै सबै ।

क्षति राहतको काम सबैमा एउटै नहोस्
निरुपाय बुझौँ पैलै तिनकै हातमा परोस् ।

समाज बलियो हुन्छ चिन्छ समाजले सबै
पहिचान गरौँ स्वार्थी लोभी आशक्त वास्तवै ।

किटाणु अरु क्यै हैन लोभी स्वार्थी प्रवृत्ति हो
निःशुल्क पाइयो भन्दै नराख्नु नै नवृत्ति हो ।

उनै पहुँचका व्यक्ति लाभान्वित हुँदै नहून्
चिनौँ कोही भए त्यस्ता तिनका शिर नै झुकून् ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’