सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भूकम्पका केही परिदृष्य (२)

Nepal Telecom ad

दृष्य नं. ५ जनजाति नेता
भूकम्प अघि भाषणमा भूकम्प हल्लाउनेहरू जातियताको नाराले सारा संसार जित्छु भनेर उचालिने गर्ने गर्थे तर काईलाउका घर नजिकैका जनजाति नेता भने भूकम्पपछि दुला परेको काइलाउले थाहा पाइहाले । तराईलाई छुट्टै प्रदेश बनाउनु पर्छ भनेर आन्दोलन गर्ने तराईका बाहुनले पहाडका जनजातिलाई चामल सहयोग गर्न आएपछि काईलाउले ती जनजाति नेतालाई प्रश्न गरे– के अब नेपालमा जातिय राज्य चाहिएको छ कि विकास भएको नेपाल ? जनतालाई यौटा त्रिपाल पुर्याउन नसक्नेले के जातिय राज्य दिन्छु भन्या होलान् खै ?

दृष्य नं. ५ घर भत्केका र भत्काउनेहरू
जब भूकम्प गयो कसैको घर नराम्ररी भत्कियो । कसैको चक्र्यो पनि । काईलाउको एक जना छिमेकीको घर भुइँचालो गएको बेलुकासम्म त उज्यालो भएर राम्रै थियो जब भोलि पल्ट बिहान भयो एकाएक उनको छिमेकीको पुतली गाह्रो भत्किएको पाए । पछि काईलाउले सोधे– कसरी भत्यो त्यो गारो ? हिजो बेलुकासम्म त भत्केको थिएन त गाँठे ? आखिर बेलुका त भुइँचालो आएको त थिएन, कसरी भत्क्यो ? ती घरवाला त केही बोलेका थिएनन् तर काईलाउको उत्तर तिनै छिमेकीको पाँच बर्षे नातिले भन्यो यसरी– हजुर्बा, हजुर्बा, हाम्रो बाबाले नि हिजो बेलुका रडले हानेर घर भत्काउनु भा’को है, अनि यो कुरा कसैलाई नभन्नु भन्नु भा’छ । नातिको कुरा सुनेपछि काइलाउका छिमेकीले आफ्नो पोल नातिले खोली दिएपछि रातो पिरो हुँदै भने– के गर्नु हजुर भूकम्पमा घर अलिक चर्केको त हो तर सरकारले राहत दिन्छ कि भनेर भत्काएको, यो वर्ष नयाँ घर बजारमा बनाउँ कि भन्ने सोच थियो अनि यो घर हेरेर सरकारले सहुलियतमा रिन दिन्छ कि भनेर भत्काएको हुँ, कसैलाई नभनिदिनोस् न है ।

दृष्य नं. ६ त्रिपाल मुनिका श्रीमान श्रीमती
रेशम फिलिली फिल्म हेर्न गएका श्रीमान श्रीमतीलाई फिल्म हलमा नै निकै झट्का दिएर भुइँचालोले हल्लाएछ अनि जब उनीहरू घर फर्के उनीहरूको घर पनि भुइँचालोको झट्कामा परेर भत्केछ अनि काईलाउको घर अगाडिको खाली ठाउँमा सानो त्रिपाल टाँगेर बसेछन् । त्यहीँ नजिकै काईलाउ पनि त्रिपाल टाँगेर बसेका थिए, एक दिन पानी परेको बेलामा ती श्रीमान श्रीमती यसरी गीत गाएको काईलाउले सुने–
पारि त्यो डाँडामाथि भुईचालो आयो थरर,
पहिरो लड्यो गरर,
तिमी पिरतीको त्रिपाल ओढाउन … ।

दृष्य नं. ७ भुइँचालोमा जँड्याहा
भुइँचालो जाँदै गर्दा काईलाउ एक भट्टि पसल अघि संयोगले पुगेछन् । जब भुइचालो जाँदै थियो , ति जँड्याहा एकापसमा भिड्दै थिए । पहिलो जँड्याहा भन्थ्यो — तँ मोरो उल्लु छस् भन्या, एक पेग कम खा भन्या हैन मज्जाले खान्छस् अनि कति हल्लिएको हँ ? दोश्रो जँड्याहा भन्थ्यो — तँ झन् महाको फटाहा रैचस् यार, आफू हल्लेर मलाई हल्ल्यो भन्दो रैच, मैले त जम्मा सात बोत्तल पो खा’को हुँ त मुला अगस्ति झै दश बोत्तल खाने मान्छे म हैन क्यारे । पहिलो जँड्याहा — कस्लाई हल्ल्यो भनेको ? दोश्रो जँड्याहा — त मुलालाई । पहिलो जँड्याहा — बढ्ता नबोल आफू हल्लेर अर्कालाई बढि खायो भनेर दोष लाउँदो रच । ति जँड्याहा एकापसमा भिड्न थाले नभन्दै दुबैले मुक्का मुक्कि गर्दा गर्दै दुबैका अगाडिका तीन चार वटा दाँत खुस्के । उनीहरूलाई तत्काल हस्पिटल पुर्याइयो । केही दिन पछि राहत बाँढ्ने ठाउँमा काइलाउले नजर डुलाउँदा उनीहरू पनि राहत लिने लाईनमा बसेका रहेछन् , के रहेछ भनेर उन्ले बुझ्दा त उनीहरू बिनाशकारी भूकम्पको बेला घर भत्केर अगाडीको दाँत फुस्केर घाइते भएका हुन् भनेर कसैले काइलाउलाई भन्यो । उनीहरूको नाम भुँइचालोको घाइतेको नामावलीमा राखिएको पनि काइलाउले थाहा पाए ।

दृष्य नं ८ चर्पीको चुकुल
काइलाउलाई त्रिपाल भित्र रात काट्नु परेकोले होला निकै पेट गडबड भै राखेको थियो । जब धेरै पटक चर्पी ओहोर दोहोर गरेको काईलाउकी श्रीमतिले थाहा पाए पछि उन्ले भनिन् — ए बुढा, पाइखानाँ बस्दा चुकुल नलाउनुस् है ! काईलाउले सोधे — किन ? उन्ले उत्तर दिईन् — यसरी भुइँचालो आ’को आयै छ, भुइँचालो आउँदा भाग्नु परेन…. । काईलाउले रन्किदै भने — त्यसो भए कसरी आचि गर्ने त चुकुल नलगाई ? अरु मान्छे ह्वात्त पसे भने के गर्ने नि बर्बाद हुन्छ त ? काईलाउकी श्रीमतिले भनिन् — चुकुल नलगाई आचि गर्ने हो भने मान्छे नआओस् भन्नलाई पाइखानाँ बस्दा यसो दोचार वटा भजन गाईदिनुस् न अनि त टन्टै खलास् पाइखानामा मान्छे रहेछ भनेर अरु मान्छे जाँदै जाँदैनन् नि । जदौ
बेसीशहर नगरपालिका ७, लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad