सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चम्चा–धर्म

Nepal Telecom ad

कुबेरको गरीब पार्टी प्रचार प्रसारको क्रममा एक दिन झुक्किएर म गरीबकोमा आइपुग्यो । आजीवन कमाएर स्वयम् हरियो वटवृक्ष भैसकेका रिटायर्ड महापुरुषहरू मिलेर रचिएको उक्त हरियो पार्टीका नेताहरू आफ्नो हरियाली लुकाउँदै गरीबको भेषमा घुम्दै थिए । ठिकै हो, आफू हरियो नभैकन देशवासीलाई हरियालीको सपना कसरी बाँड्ने ? बुद्ध नबनी अरुलाई कसरी बुद्धु बनाउने ?

अतिथि सत्कारको आर्य परम्परालाई नष्ट गर्नुभन्दा त खाजै ख्वाउनुमा केही नष्ट गर्नु बेश होला भन्ठानेर मैले पाँच–सात जनाको सो डफ्फालाई चिया चमेना गराउने बाध्यता अनुुभव गरें । खाजा खाजे क्रममा चम्चाको चर्चा चल्यो । ‘नेताहरूलाई चम्चा किन चाहिन्छ ?’ भन्ने प्रश्न त्यहाँ जन्म्यो । सदनमा विधेयक जन्मे जस्तै ।

मैले लाटोबुङ्गोको लाठो चलाएँ, रामायणमा हनुमानजीलाई बानरी सेनाले उनको शक्तिबोध गराएका थिए । अनि मात्र हनुमानले आफूलाई चिने । त्यसैगरी नेताहरूलाई ‘हजुर त यस्तो जान्ने उस्तो जान्ने, यस्तो गर्न सक्ने उस्तो गर्न सक्ने, भनेर बारम्बार फुक्र्याएर सचेत पार्ने काम उनका चम्चाहरूले नै गर्छन् । प्राचीन नाटकहरूमा पनि यस्ता विदूषकहरू हुन्थे जसले नायकलाई लक्ष्यसम्म पु¥याउन मद्दत गर्थे । अचेलको फिल्ममा जोकरको भूमिका पनि मूलतः चम्चा धर्म नै हो ।

मेरो भनाईमा चित्त नबुझेर हो कि, उनीहरूले चाँडै नै मेरो कुटीबाट प्रस्थान गरे ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
छाया हाकिम

छाया हाकिम

मुकुन्द आचार्य
घुमिफिरी रुम्जाटार

घुमिफिरी रुम्जाटार

मुकुन्द आचार्य
‘तँ अब बुढो भइस्’ पढेपछि

‘तँ अब बुढो भइस्’...

मुकुन्द आचार्य
सजिलो छैन नेता हुन

सजिलो छैन नेता हुन

मुकुन्द आचार्य