सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

विज्ञापन, चाहिनेको छैन नचाहिनेको

Nepal Telecom ad

फिल्म बनाउनेहरूले अब ट्राफिकको काम पनि गर्न थालेछन् क्यार । सडकमा त्यस्तै देखियो । फिल्म प्रोमोटको नाममा जुन पोसाकका साथ जेब्राक्रसिङमा बसेर मानिसलाई बाटो काट्न सहयोग गर्दै थिए, लाग्थ्यो तिनीहरू मानिसलाई सुरक्षित बाटो कटाउने हैन बरु अल्मल्याएर माथि पठाउने जमर्को गर्दैछन् । बाटो हिँड्ने मानिसहरू सबै पटकपटक तिनले लगाएको ड्रेसतिर हेरेर हिँडिरहेका देखिन्थे । फिल्मको विज्ञापन पनि कुनै खास थिएन । नाम पनि छ एकान छ रे ! कसलाई थाहा छैन छ एकान छ हुन्छ भनेर । बरु छ एकान सात भएको भए चाहिँ कुरा अर्को हुन सक्थ्यो । त्यस्तो जाबोको पनि त्यत्रो तामझामका साथ विज्ञापन गर्नुपर्ने ? सकिएन बा !
सडक जथाभावी पिच होकि थिच गर्या छ । मलाई त लाग्छ त्यो पिच त मरिगए हैन, बरु थिच चैं पक्कै हो । अलि अलि अलकत्रा लागेको गेगर पोखेर थिच्नु बाहेक केही ग¥या हैन । त्यसको विज्ञापन गर्नु नि । बल्ल बल्ल पिच गर्या बाटोमा मानिसको घर घरबाट पानीको निकास पिच गर्यातिर छाडेका छन् । यतिसम्म कि बलेसी भेला भएर झर्ने धारो पनि पिचमै सोझै झर्याछन् । त्यसको विज्ञापन गर्नु नि । जहाँ पायो त्यही माइक्रोले मानिस ओराल्न र उकाल्न रोकेर अरु गाडीहरूलाई पार्नुसम्मको सास्ती पार्या छ, त्यसको विज्ञापन गर्नु नि । सेतो, रातो अनि प्लेट भएका गाडीहरूबाटै छेक्ने गरी धुँवा फालेर कुदिरहन्छन् त्यसको विज्ञापन गर्नु नि । पेट्रोलमा मट्टितेल मिलाएर सर्वसाधारणका सवारीहरू ध्वस्त पारिरहेछन् त्यसको विज्ञापन गर्नु नि । खै के भन्नु भनिसाध्ये भए पो । जताततै यस्तै बेहाल छ । अरबौं खर्च गरेर आकासेपुल बनाएको मान्छे हिँड्नलाई नभएर पसल थाप्नलाई भएको छ खै विज्ञापन ? हिँड्ने बटुवाहरू त बाटैबाटो कुदिरहेका देखिन्छन् । खासै भन्नुपर्दा यहाँ चारपाङ्ग्रेलाई नै सधैं हतारो परेको देखिन्छ । फायर ब्रिगेडले साइरन बजावस वा एम्बुलेन्सले कुनै गाडी साईड लाग्ने हैनन् बरु मौका यही हो भने जसरी कुद्छन् खै विज्ञापन ? साइकलवाला बीच पिचमा अनि कारवाला छेउमा कुदिरहेका हुन्छन् खै विज्ञापन ?
नेपालीहरू जस्तोसुकै फिल्म बनोस् हलमा खचाखच भएर हेरिहाल्छन् किन गर्नुप¥यो विज्ञापन ? एटिएमदेखि चपली हाईट होस् वा लुट, बाउको फेसबुक होस् चलेकै हुन् त, छ एकान छसँग मात्रै के छ होला र त्यस्तो नयाँ । कत्रा कत्रा फिल्मको विना विज्ञापन सो भैराखेकै छ । छ सय एक एकान छ सय एक कम्तिको होला त फिल्म ? खै विज्ञापन ? चल्या चल्यै छ त कहिलेसम्म चल्ने हो कुनै समय निर्धारण नै छैन, चल्या छ चल्या छ । चाहिने कुराको पो बिज्ञापन गर्नु त !!
Email : sauravsagar17@yahoo.com

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
अन्तरद्वन्द्व

अन्तरद्वन्द्व

अशोककुमार शिवा
मृगतृष्णा

मृगतृष्णा

अशोककुमार शिवा
भाउ बढेछ

भाउ बढेछ

अशोककुमार शिवा
याद

याद

अशोककुमार शिवा
राष्ट्रका गहना

राष्ट्रका गहना

अशोककुमार शिवा