सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चटपटे पानीपुरी

Nepal Telecom ad

घर फर्किने बेला
छोरीले भनी
आइसक्रिम खान्छु
मम खान्छु
त्यो पनि हुँदैन भने पछि भनी
चटपटे खान्छु ।

नजिकै चटपटे भाइले चटपट बेच्दैथ्यो
कहिले आँखा कहिले खैनी मिच्दैथ्यो
घरी तल घरी माथि हात बनाउँछ
ठाउँ कुठाउमा कनाउँछ
सुर्ती पनि बनाउँछ
ठ्याक्क ठुक्क हात पार्छ
फाक्क फुक्क गर्छ
चुन दलेर सूर्ती माड्छ
घरी सूर्ति थुक्दै प्याच्च पार्छ
घरी टाउकाको जुम्रो टिपेर
हातमा क्याच्च मार्छ
त्यही हात नधोएर
आलुको बोक्रा छोल्छ
त्यही हात टकटकाउँदै
चटपटे पनि मोल्छ
घरी पिसाव फेर्न
झाडीतिर हिँड्छ
फेरि फर्केर उही काममा भिड्छ
छोरी भन्छे
म त यो चटपटे कहिलै खाँदैन
मम्मीले पनि मगाको
अब घर पनि लाँदै लादैन ।

फेरि पनि
कहिले यता कनाउँछ
कहिले उता कनाउँछ
मान्छे पनि
अमिलो अमिलो गन्हाउँछ
कान कोट्याछ, नाक कोट्याछ
घरी त्यही हातले कहाँ कोट्याछ
मैले भनेँ
भाइ सधैं नुहाउनु नि
चटपटे पनि
पन्जा लाएर बनाउनु नि
उसले भन्यो
के कर्ने हजुर
म त नुहाउने काम
सधैं सबेर गरी हाल्छ
तर नुहाउने बेला पानी
चली हाल्छ
म भन्दा पनि साथी बहुत फोहर छ
उसैको टाउकोबाट त जुम्रा झरी हाल्छ
मारेन भने त हजुर, यो जुम्रा ?
सिधै चटपटेमा परि हाल्छ
नानी भेजेटेरियन त होइन नि ?
नत्र के भो र हजुर
यसले त मसलाको रुपमा कमाल गरी हाल्छ ।

मैले छोरीलाई भनेँ
पानी पुरी खाने कि चटपटे
उसले भनी
चट्पटे पनि खाँदैन
पानी पुरी पनि खाँदैन
अबदेखि यस्तो चिज
घरमा पनि लाँदै लाँदैन ।
दाङ, हाल– काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
जुत्ता दिवस

जुत्ता दिवस

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे