अँध्यारो रातमा एक दृष्टिबिहिन बाटोमा हिँडिरहेको थियो । उसले एक हातमा लालटिन र टाउकोमा माटोको घैँटो बोकेको थियो । बाटो हिँड्ने कुनै एक बटुवाले उसलाई सोध्यो – ‘हेर त त्यो मूर्ख अन्धोलाई । हैन तँलाई त दिन र रात एकै समान त हो नि, अनि तँलाई यो लालटिन किन चाहियो ?’
अन्धाले उत्तर दियो, ‘मैले यो लालटिन मेरो लागि बोकेको होइन, यो त तिमीहरूजस्ता दृष्टि भएकाहरूका लागि हो, ता कि तिमीहरू मसँग ठोक्किएर यो माटोको घैँटो नफुटोस् ।’

लियो टोल्सटोयको लघुकथा ‘द ब्लाइनड्स टर्च’ को
नेपाली अनुवाद : एकदेव अधिकारी