सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धर्मदत्त उपाध्यायको गाडी

Nepal Telecom ad

(धर्मदत्त उपाध्याय पञ्चायतकालीन एक मन्त्री)

भन्नेले प्राडो भने पनि, पजेरो भने पनि
टाटा, टोयोटा अथवा मुस्ताङ म्याक्स नै भने पनि
मैले चढेको गाडी
धर्मदत्त उपाध्यायकै हो ।
स्वामित्व हातमा परेसँगै
मैले यसको रङ परिवर्तन गरेको हुँ
यो खैरो थियो होला, पहेँलो थियो होला
अथवा, कालै किन नहोस्
ठूलो खर्च गरेर डेन्टिङ पेन्टिङ हानेर
मैले नै यसलाई रातो बनाएको हुँ
यो धर्मदत्त उपाध्यायकै गाडी हो
यो रातो गाडी हुँदै होइन ।
आवरणको कुरा नगर्ने हो भने
यो त्यही पुरानो खटारो हो
वर्कसपमा ठाकठुक पारेर निस्कँदा लाग्छ
अब यो चल्छ खुरुखुरु
परिवार बोकेर हिँड्नुपर्छ बेलाकुबेला
तर, कहिल्यै सकुशल गन्तव्यमा पुग्ने आत्मविश्वास हुँदैन
पन्चट भइरहन्छ घरीघरी
इन्जिन बिग्रिरहन्छ रातारात
रिन्यु फेल भएको बर्सौं भयो
ट्राफिकलाई घुस ख्वाएर
प्रदूषणमुक्त हरियो स्टिकर टाँसेकै छु ।
भन्नलाई म यो मेरो गाडी भन्छु
देख्नेले पनि मेरै गाडी ठान्छन्
तर, यसको ब्लु बुक अझै
धर्मदत्त उपाध्यायकै नाममा छ
बीस वर्ष नाघेको
भन्सार सुविधामा झिकाएको
कुन्नि के के जाती भनेर
यातायात विभागले नामसारी गरिदिएन
धर्मदत्त उपाध्यायपछि चलाउनेले
जसरी ठाडो कागजमा ल्याप्चे हानेर चलाए
मैले पनि त्यसरी नै चलाइरहेछु ।
यो अहिले
अकस्मात् कामचलाउ भएको होइन
यो बर्सौंदेखि कामचलाउ छ
यो धर्मदत्त उपाध्यायसँग लिएदेखि नै कामचलाउ छ ।
फेरिने त सिटको खोल र बाहिरको रङमात्र हो
कसैले इन्डियन पार्ट्स हालेर चलाए
कसैले चाइनिज पार्ट्स हालेर चलाए
कसैकसैले लोकल पार्ट्स पनि हालिहेरे
यतिचाहिँ सत्य हो
यो चलिरहेको छ
यसको इन्जिन धर्मदत्त उपाध्यायकै पालाको हो
इन्जिन नबदलुन्जेलसम्म यो नयाँ हुँदै हुँदैन ।
भन्नेले इन्डियन भने पनि, चाइनिज भने पनि
अमेरिकन भने पनि
अथवा लोकल प्रोडक्ट नै ठाने पनि
संविधानसभाले समेत संविधान बनाउन नसकेको सडकमा

धर्मदत्त उपाध्यायकै गाडी चलाइरहेछु ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चिल्लो गधा

चिल्लो गधा

प्रोल्लास सिन्धुलीय
कहिल्यै ननिभ्ने धुवाँ

कहिल्यै ननिभ्ने धुवाँ

प्रोल्लास सिन्धुलीय
म लोग्नेमान्छे

म लोग्नेमान्छे

प्रोल्लास सिन्धुलीय
जन्मजात बाहुनको विज्ञप्ति

जन्मजात बाहुनको विज्ञप्ति

प्रोल्लास सिन्धुलीय
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल