शान्तिकारी जत्तिलाई क्रान्तिकारीले सिध्याए
क्रान्तिकारी जत्तिलाई भ्रान्तिकारीले सिध्याए 
भ्रान्तिकारी जत्तिलाई भ्रस्टाचारीले निम्त्याए
भ्रस्टाचारी हन्त्काली देशै रित्याए ।

रिताले रित्तो मादल भेटे घन्काए
त्यत्रो आवाज भित्र के छ ? सबले कोट्याए
कोट्याउँदा भ्वाङ पर्यो रित्तै भेट्टाए
बज्न छोड्यो मादल जब फ्याट्टै मिल्काए ।

जसको हात जे जे पर्यो च्याते तन्काए
मादलुको छाला टोके भुँडी पल्टाए
बाँदरले चर्तिकला कस्तो देखाए !
हन्तकाली बाँदरले देशै रित्याए ।
काठमाडौं