सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लोकतन्त्र जप्न पाए भयो

Nepal Telecom ad

१.बित्यो बित्यो ! के पो बित्यो ! कता कता बित्यो !
बिताउने सोच रहोस् ! यसो पुगे भयो !

२. तल तल हेर ! भन्थे हाम्रा बुढा बाबै !
केको तल ? कहाँ तल ? माथि भए भयो !

३. महँगीको कुरा भन्छन् ! हुने पो त छ त !
आफ्नो आय अघि लुते ! अब पुगे भयो !

४. वाठो हुने जुग आयो ! एक थरी कुर्ले !
आफू लाटो लाटो हुने ! मोटो भए भयो !

५. केन्द्र भन्थे ! कुन केन्द्र ? केको केन्द्र ? कुन कुना केन्द्र ?
उतै वाठा ! यता लाटा ! आफू चढे भयो !

६. भूकम्प त नेपालमा आयो गयो भयो !
यो देशमा सत्ता चढे जे जे पनि भयो !

७. अब गए पुरानाका दिन ! तिमी भन्थ्यौ !
बोल्न पाए मख्ख ! हेर– यता के के भयो !

८. अझै पनि बाघ बाघै ! साँढे अझै होक्काँ !
‘लाटाहरू’ लोकतन्त्र ! जप्न पाए भयो !
झर्रो नेपाली घर, चन्दैगढी, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
गफ सुप्रबन्ध !

गफ सुप्रबन्ध !

चूडामणि रेग्मी