जति खाए नि नअघाउने,
हेरेर हैन छेरेरै मर्नु पर्छ भनेर खाइरहने,
बरु पाइखाना धाइरहने !
स्वादको पारखी,
मिष्ठान्नको खोजमा भौंतारी रहने
जति प्रशंसा गरे नि थाक्दिन म ...
अलकत्रै पाए नि झ्वाम पार्ने,
खाने काममा कहिल्यै नहार्ने !!
यो कस्तो वरदान पायौ ?
वाह ! वाह ! क्या भुँडी–दान पायौ
बधाइ छ नेताज्यू....
यसपाली त सानतिनो हैन पुरै देश खानु पर्छ
नेपाललाई पचाएर भारततिर पाइखाना जानु पर्छ...
लौ है यति त गर्नै पर्छ
जय भुँडी नेताज्यू जय भुँडी !!!!
लाहाचोक ५, पोखरा, कास्की
हाल– दोहा कतार