सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शूकम्प मन्त्रालय चाहियो !

Nepal Telecom ad

नेपाली शब्दकोशमा पीडित शब्दको अर्थ दुःख दिइएको वा दुःख पाएको, दबाइएको वा थिचिएको, सिकिस्त पारिएको भन्ने छ । संसारमा नेपाल मात्र यस्तो एउटा देश हो जहाँ पीडितै पीडित मानिसहरू बस्ने गर्छन् । हामीकहाँ पीडितको सङ्ख्या अगणित छ । तीमध्ये भूकम्प, लूकम्प र सूकम्प मुख्य तीनवटा पीडितको संख्या ठूलो छ । तपाइँ पहाडतिर उक्लनोस् त्यता भूकम्पपीडित भेट्टाउनु हुनेछ । तराईतिर झर्नोस् त्यहाँ लू कम्पपीडितको संख्या धेरै पाउनु हुनेछ । यता शहरका गल्ली चोकतिर घुम्नोस् शूकम्पपीडितहरूको संख्या भनेर त के भनेरै नसक्ने देख्नु हुनेछ । यीबाहेक नेपालमा अनेक पीडित छन्, जस्तैः पत्नीपीडित, पतिपीडित, पुत्रपीडित, सूत्रपीडित, बाउपीडित, साउपीडित, गाउँपीडित, नाउँपीडित, माउपीडित, खाउपीडित, कतै खल्तीपीडित, कतै गल्तीपीडित, अर्थपीडित, व्यर्थपीडित, राजनीतिपीडित, भातनीतिपीडित, भन्सारपीडित, संसारपीडित आदि आदि । मैले यहाँ चर्चा गर्न लागेको विषयचाहिँ शूकम्पपीडितको हो । शहर बजारमा जब मापसेलाई लोकतन्त्र आयो तब यो शूकम्प पनि ह्वात्तै बढ्यो ।

अहिले त शूकम्प नभएको कुनै गल्ली छैन भने हुन्छ । घरका भित्ताँ होस् कि बारीका कित्ताँ होस् शूकम्पले कतै ठाउँ खाली छाडेको छैन । पर्खालमा होस् कि नापी विभागको चार्खालमा होस्, सिडियो कार्यालयमा होस् वा भिडियो देखाउने ठाउँमा होस् मौका पर्दा तुक्र्याएकै छ, भट्टीभित्र पसेर सुक्र्याएकै छ । मापसे सुङ्ने यन्त्र बोकेका उङ्ने प्रहरीको आँखा छलेर होस् वा तिनको कान मलेर होस्, ठाउँ हेरी बुक्र्याएकै छ, बुक्र्याएपछि तुक्र्याउनै प¥यो । राती होस् कि दिउँसो, ढलमा होस् कि बागमतीको शुद्ध जलमा होस्, शूकम्पवालले कुनै ठाउँ बाँकी राखेका छैनन् । पहिले पहिले दिनभरि सुत्ने रातभरि उठ्ने चीजलाई दाम्लो भन्थे, तर जमाना फेरिएछ क्यार, आजकाल त यही शूकम्प नै दाम्लाजस्ता भएका छन् ।

हुन त रातभरि जाग्राम बसेपछि स्वात्तै बैकुण्ठ पुगिने परम्परा भएको देशमा कतिपय शूकम्पवाला पनि सरासर बैकुण्ठ पुगे होलान् । जति पुगेका छैनन्, ती पनि भविष्यमा पुग्ने नै छन् । अब यत्रो शहर खर्लप्पै ढाकेर शूकम्प गर्नु गराउनु चानचुने कुरा होइन । यिनको त्याग, तपस्या र समर्पण हेर्दा मलाई लाग्छ भगवान् विष्णुसमेत खुसी भएर सीधै आएर बैकुण्ठै लैजान्छन् । वास्तवमा भट्टीमै टट्टी जमाउनु, सडकमा जाग्राम बसेर कोदोको झोल खलाँस गर्नु त्यति सजिलो पनि छैन । त्यसमा पनि मुखमै आएर कुकुरको तुक्र्याई सहनु चानचुने कुरा हो र ? सडकमा लमतन्न उत्तानो परेर वा धनुषटङ्कार आकारमा शयन गरेर वा ढलको मलमा, मलको पनि जलमा मुख जोतेर रातविरात जाग्राम हुनु लरतरो मान्छेले सक्ने कुरा हो र ? अतः यिनको उधूम लगनशीलताबाट भगवान् प्रसन्न नहुने कुरै छैन । भगवान् भक्तिकै कारण लोकतन्त्रको विकाससँगै शूकम्पवालाहरू पनि द्रूतगतिमा पैmलिँदै अघि बढ्न थालेका छन् ।

शूकम्पका लागि जनस्तरबाटै विकास प्रयास नभएको होइन । शहरका विभिन्न टोलां एउटा घर छोडेर कोदाको झोल अड्डा खुलेका छन् । यस्ता अड्डामा बसेका भद्दा मानिसहरूको चालढाल, हाउभाउ बडो प्रगतिशील खालको छ । कोही अड्डामा पस्यो भने पहिले ३ बित्ता निहुरेर नमस्कार गर्छन्, पछि आँखा घुमाउँछन्, हात समाउँछन् र गाला जोडुँलाभैंm गरेर टाँस्सिन छेउमा आउँछन् । यसरी आफ्नो धस्रेमस्रे गालामा गुलाफको पूmलजस्तो नरम र मुलायम गाला त्यो पनि साहुनीले ट्याँस्स टँसाउन ल्याउँदा को मोहित हुँदैन र ? साथै नरम छालाको गाला सँगै चिनियाँ माटाको प्याला र प्याला (पेग पनि भन्छन् क्यारे) भरि सितनसहित कोदाको झोल नाकेडाँडीकै सीधामुन्तिर टक्रिँदा जो पनि खुसी हुने नै भयो । यो कोदाको झोल कति वास्नादार छ भने नवयौवनाले खुस्बु छरेर हिँड्दा जसरी मग्मगाउँछ, कस्तूरी आउँदा वनजंगल जस्तो जग्मगाउँछ, त्योभन्दा पनि वास्नादार मानिन्छ यो ।

फेरि यो कोदाको झोल कति भाग्यमानी छ भने, काँचको भाँडामा बस्न पाउँछ, धनी होस् कि गरीब सबैसित माया पिरती लाउँछ, बरु साधुको विरोधी होलान्, यसका सब मित्रैमित्र । भोजमा हेर्नोस्, मोजमा हेर्नोस्, खुसीमा होस् कि बेखुसीमा होस्, उन्नतिमा होस् वा अवन्नतिमा जता पनि यसको गरिमा महिमा लायक छ । यसले कसैलाई हँसाउँछ, कसैलाई रुवाउँछ, कसैलाई संसार डुलाउँछ, कसैको मन भुलाउँछ । नाउँ मात्रै कोदोको झोल हो, ठाउँ मात्रै गल्ली न हो, तर यो आलुजस्तै नपैmलिएको ठाँवै छैन । शानदार होटलको बोटलभित्र पानी जस्तै आँखाको नानी भएर बस्न पाएको छ । ठूला र आलिशान महलमा मात्र होइन गरीब गुरुवाको छाप्रोमा पनि ठाउँ पाएको छ । मेची महाकाली जता जानोस्, यसकै चल्तीफिर्ती छ । खल्ती ग¥हौं हुँदा पनि चिन्ता नहुने, हलौं हुँदा पनि फरक नपर्ने, ५।१० रुपैंयाँमा पनि पाइने, जति खाए पनि नअघाइने यसको महिमा नारदजीले पनि व्याख्यान गर्न सक्दैनन् । पढाइमा होस् वा लडाईंमा होस् वा हर्ष बढाइँमा किन नहोस् यसकै उपस्थिति छ ।

यो झोलले सिरकमा खोल हालिरहने झञ्झटै साफ गरिदिन्छ । यो विकासे प्रजातन्त्र र अकासे क्रान्तिकारीमा पनि उत्तिकै लोकप्रिय छ । वास्तवमै यो शूकम्पको पनि जननी मानिन्छ । यही पिएर जिएकाहरू आजकाल शहरमा मात्र होइन गाउँघरमा पनि थुप्रै छन् । कोही जागिरमा रोजगारमा हुन् कि बेरोजगारमा रोजगार हुन्, लेखकमा हुन वा सेवकमा हुन्, मापसे नपसेको ठाउँ छँदैछैन भने हुन्छ । मापसेमा फसेपछि शूकम्प भइहाल्छ । जब शूकम्प शुरु हुन्छ, तब घरका भित्ता, पर्खाल, बारीका डिलदेखि सडकका खम्बासम्म खाली हुन पाउँदैन । अझ राती शहरतिर घुम्नु भो भने शूकम्प गर्नेको हूल मसाल जुलुसभैंm पाउनु हुनेछ । आपूmले लाएका कपडा पनि रङ्गाएर रङ्गीचङ्गी र झिल्मिलाकार बनेर पूरा सडकै ढाकेर निर्धक्क हिँडेका हुन्छन् । अझ दुई तीन मापसेका झडप हेर्नु भो भने कांग्रेस र कम्युनिष्टका झडपलाई बिर्साउँछ । त्यति मात्र होइन जाडो याममा पनि पशुपतिका नाङ्गा बाबाहरूको झल्को दिइरहेका हुन्छन् । यिनीहरू यति वास्नादार हुन्छन् कि छेउमा पुग्नेबित्तिकै हर्हती सेण्ट आउन थाल्छ । यो सेण्टसँगै पेण्टले पनि ठाउँ छाडिसकेको हुन्छ । जब पेण्टले ठाउँ छाड्छ, तब बीच सडकमै शूकम्प भइहाल्छ ।

शूकम्पलाई सरकारले पनि मान्यता नदिएको कहाँ हो र ! यिनकै सुविधाका लागि सरकारले बाटो पीच गर्दैन, सडकमा बत्ती राख्दैन र राखे पनि लोडसेडिङ् गरिदिन्छ । ढल हाल्दैन, हाले पनि टाल्दैन, टाले पनि मलमूत्र फाल्दैन । यहाँका सडकमा बगेका जलयुक्त मल र शूकम्पको जल छुट्ट्याउन सकिँदैन । शूकम्पवालाको सुविधाका लागि सरकारले विदेशबाट कोदो झिकाएर, सडलपडल पनि विकाएर टोलटोलमा झोल पसल खुलाएर वा खुल्न दिएर हुनसम्मको गुन लगाएको छ । यसप्रकार शूकम्पको विकास गर्ने सरकारलाई धन्यवाद नदिई रहन सकिँदैन ।

अब शूकम्पवालाका लागि सरकारले यतिका सहुलियत दिईसकेपछि पििडतका लागि पनि केही गर्नुपर्छ भन्ने मेरो मान्यता छ । कतिका पर्खाल रंगिएका छन् । कतिका घरका भित्ता पोतिएका छन् । कसैका ढल जोतिएका छन्, कसैका जल आउने धारा धोत्रिएका छन् । तिनको मर्मत, सम्भार मात्र सरकारले गरिदिने हो भने नेपालमा शूकम्प उद्योग राम्ररी फस्टाउन सक्थ्यो । सके त राष्ट्रिय शूकम्प उद्योग, शूकम्प मन्त्रालय वा शूकम्प विभागै खोलेर यिनको राष्ट्रिय तहमै विकास गर्ने हो भने नेपाल द्रूततर गतिमा अगाडि बढ्न सक्थ्यो । अब हेर्नोस् मन्त्रीहरू मापसे नभएका शायदै होलान्, मिटिङ्मा होस् वा सिटिङ्मा होस्, लञ्चमा होस् वा मञ्चमा होस्, झण्डा फर्पmराउँदा होस् कि डण्डा लर्पmराउँदा होस् मापसेको प्रयोग भइआएकै छ । पास्नी गर्दादेखि स्वास्नी भित्र्याउँदासम्म मापसे चलेकै छ । नोकरी गर्दा होस् कि नोकर्नी ऊ गर्दा होस् शूकम्पनी चलेकै छ ।

अझ मारुनी नाच्दा होस् कि तरुनी राख्दा होस्, अथवा बारुले कम्मर भाँच्दा होस् यसको प्रयोग भएकै छ । सबैभन्दा सजिलो, जस्ले पनि गर्नसक्ने, गरेर पनि मर्नसक्ने यस्तो पेशा र उद्योग संसारमा अरु केही छ ? अहँ छैन । यसबाटै अगाडि बढ्ने हो भने विश्वमा नेपालको नाउँ चर्चित भएर नआउने कुरै छैन । सरकार आपैंmले टोप्रोवाल कम्पनी खोल्न लाइसेन्स दिएकै छ भने टोप्रो नभएको खोक्रोलाई हेलाँ गर्नुपर्ने कारणै छैन । अब सरकारले सान्मिगलको ठाउँमा पान्मिगल, टुबोर्गस्को ठाउँमा ऊबोर्गस् पनि खोल्न दिने हो भने नेपाली अझ बिर बन्न सक्थे, सरकार पनि स्थिर हुन्थ्यो । अर्को अर्थमा यसलाई बिजुलीपानी पनि भन्ने गरिन्छ । बिजुलीपानी बुत्याएपछि घरघरै बिजुली बलिहाल्छ, यतिका हाइड्रपावरको जरुरतै पर्दैन । लोडसेडिङ्को तालिका पनि प्रकाशित गरिरहनु पर्ने थिएन । जब यो बिजुलीपानी सरल, सहज र सर्वसुलभ हुन्छ, तब नेपाल झलमल्ल नहुने कुरै छैन ।

यसर्थ सरकारले मापसे राट्रिय पुरस्कार, मापसे तक्माको व्यवस्था गर्ने हो भने अझ राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ । जसरी सरकारले भूकम्पपीडितलाई जस्ताको बण्डल दिएर, त्यस्ताको गद्र्धनसहितको मान मर्दन गरेको छ, त्यस्तै शूकम्पवाला र पीडितलाई भेला गरेर एउटा शूकम्प दल खोल्न दिने हो भने यसका मागलाई भागशान्ति जय नेपाल वा लाल सलामसहितको सम्बोधन गर्ने हो भने शूकम्प अझ फस्टाउने थियो । तसर्थ ईस्कूल, कलेज खोलेर दुनियाँको नलेज बिगार्नुभन्दा मापसे उद्योग खोलेर आम जनतालाई बिजुलीमय बनाउन सरकारमा पाउ जोडी निधार फोडी यो बिन्तीपत्र चढाएको छु, आगे सरकारकै मर्जी… । जदौ ।
महाकवि देवकोटा आश्रम, काठमाडौं ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सुन्ने समय

सुन्ने समय

ज्यो. रत्ननिधि रेग्मी