सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थैलाहरूको खैलावैला

Nepal Telecom ad

हेगेनकोप नाउँको एकादेशको सुन्दर टापुमा विश्वभरिका अभागी भेला भएर रमाइलो मेला जमाउँदै रहेछन् । नौरङ्गी अनुहारका सत्रथरी बर्ग, समुदाय र दिक, काल, स्थानविशेषबाट आएकाले रङ्गीचङ्गी लाग्थे अभागीहरू । कोही समुद्रले निल्दै गएकाले पानीपीडित बनेका थिए । कोही आफ्नै देशको वन जंगल सल्काएर, टायर बालेर खरानीपीडित बनेका थिए । कोही छिमेकीको साँध मिचाइमा परेर भुमिपीडित बनेका थिए भने कोही मरूभरूमि पीडित थिए । कोही आँधी हिमपातले गर्दा आकाशपीडित बनेका थिए भने कोहि चाहि बारम्बार भूकम्प र ज्वालामुखी विष्फोटनबाट पातालपीडित बनेका रहेछन् । यस्तै यस्तै नाना नौथरि प्राकृतिक विपदाहरूले पीडित थिए अभागीहरू । त्यसै मेसोमा सुदूर पहाडी पेनाल देशबाट थैलाहरू पनि प्रतिनिधित्व गर्दै त्यहिँ भेला भएर रेला गर्न सडकमा उत्रिदा भएछन् ।

हेगेन सहरको एबिसि स्क्वायरमा थैलाहरू बुर्लुक बुर्लक उफ्रिंदै कर्किदै मर्किदै अनि विभिन्न थरी नारा लगाउँदै गरेको देखेपछि त्यहाँका राजा छक्क परेछन् । अनि तुरून्तै प्रेस सेक्क्रेटरीलाई बोलाएर सोधेछन् (

“मिस्टर सेक्क्रेटरी ! हेर त त्यहाँ के हुदैछ मेरो दरवार अगाडि पाण्डालमा ? पेन्गुइनहरू नाचे जस्तो देख्छु ।“

“पेन्गुइन होइन र्यो मेजेस्टि, पेन्गुइन जस्तै आकारका थैलाहरू उप्र्रिरहेका छन् । नाचीरहेका छन् त्याहाँ ।“ सेक्रेटरीको अनुरोध ।

“कस्ता थैला केका थैला ?“ राजाको जिज्ञासा ।

“ती सबै मलका थैला, मयलका थैला र मातका थैला रहेछन् । अझ प्रस्ट गरौँ महाराज ! भुसका थैला । घुसका थैला । कमिसनका थैला । कुरूप थैला, नग्न थैला, दुर्गन्धी थैला, रछ्यानका थैला, ढलका थैला । खोलाको पानीदेखि आफ्नै काखका नानीसमेत बेचेर मासं मदिरा र द्यूतक्रीडामा रमाउने प्रपन्चले पुरिएका थैला । यस्तै यस्तै थैलैथैलाको खैलावला चल्दैछ अहिले त्यहाँ ।“ सेक्रेटरीको स्पष्टोक्ति ।

“हन मलका थैला भन्यौँ, भेरी इन्टरेस्टीङ । युरीया, पोटास, कम्प्लेक्स कस्तो कस्तो मलले भरिएका थैला हुन् ती ?“ राजाको जिज्ञासा ।

“हैन योर मेज् ! ती त्यस्तो मलका थैला होइनन् । अन्नपात, सागसब्जी, फलफुल, माछामासु लुड्याएर सडान्ध बनेको पेस्ट मलका थैला हुन् ती । कुनै कम्पोष्टका पनि छन् । थैलाहरू देशको विशाल पानी प्रवाहलाई कुकुरले भन्दा सजिलै चपाउन खप्पीस छन् । उत्तुङ्ग डाडाकाँडा चट्टान बगर पगालेर तरल द्रव्य सुलसुलु निलिदिन्छन् । रूखवृक्ष वनस्पति जडिवुटी त खरानी पारेर अजिङ्गरले भ्यागुता निले झँै एकै सासमा स्वात्तै निलिदिन्छन् । त्यस्ता खुँखार खाले थैला रहेछन् तिनीहरू ।“

सेक्क्रेटरीले बेलीबिस्तार लगाउँदैमा राजा भसङ्ग झस्किएछन् ।

अनि आफ्नो सुरक्षित शान्त सम्पन्न राज्यमा अशान्तिको झमेला आइलाग्ने डरले सेक्क्रेटरीलाई पुनः आदेश दिएछन(

“कस्ले नेतृत्व गरेको छ तिनीहरूको ? बोलाएर वार्ता गराउ । के माग रहेछ त्यो पनि सम्वोधन गरिहाल ढिला नगर ।“ । “वार्तामा यिनीहरूको विश्वास छैन योर मेज् १। यी छरपस्ट कम्पनीका पथभ्रष्ट सदस्य हुन सबै । यिनको देशमा वार्ता गर्दागदै कहिल्यै कुनै कुराको टुङ्गो लाग्न सकेको छैन । अहिले चाँहि एउटा धुन्धकारीले नेतृत्व गरेजस्तो लाग्छ तर त्यसलाई कसैले टेर्दो रहेनछ । “ सेक्रेटरी स्पटिए ।

“कस्तो धुन्नकारी ? कस्तो नेता हो त्यो ?“ राजाको मुस्कानयुक्त जिज्ञासा ।

“यिनीहरूको अँध्यारो देशमो उज्याला योजनाहरू आउनलाग्दा त्यसको हलाल गर्ने अन्धकारप्रिय थैलाले अहिले नेतृत्व गरेको छ रे । अँध्यारो बेचेर उज्यालो किन्दा कमिसन कुम्ल्याउला भन्ने आशामा मुख मिठ्याइ बसेको छ अरे । अहिले त्यही बुर्लुक बुर्लुक उफ्रने कसरतमा हजारौँ थैला अघिपछि लगाएर यहाँसम्म आइपुगेको छ ।“

सेक्रेटरीको प्रस्तुति चल्दै थियो तर अनौठो अवान्छित दृश्यले राजाको ध्यान अन्तै मोडियो

“ओह स्मोक स्मोक ! एकाएक धुँवा उडेको देख्छु । के विघ्न आइलागेको हो सेक्रेटरी ?“ हडबडाउदै राजाले सोधे

“विरोध जुलुसले दङ्गा फसाद गर्ने सिलसिलामा टायर बाल्न लागे जस्तो छ मेजेस्टी ।“ सेक्रेटरीको अनुमानित स्पस्टोक्ति ।

“कस्तो टायर ? रब्बरको टायर त गाडी, बग्गी, प्लेनको चक्का बनाउन काम आउँछ होइन र ?“ राजाको जिज्ञासा ।

“हो सरकार १ यिनीहरू त्यही बालेर माग पूरा गराउन चाहन्छन । सडकमा गुडेका गाडीमा ढुङ्गा हान्ने र टायर बाल्ने यिनीहरूको लोकतान्त्रिक संस्कारै हो महाराज । टायर अनि वन जङ्गल सल्काएर चूरे र महाभारत पहाड भत्काएर वातावरण बिगार्ने अनि प्राकृतिक विपदा पिडीतको नाउँमा विदेशीमा हात फैलाएर आर्थिक सहायता माग्ने र थैला भर्ने यिनीहरूको चलाखीपूर्ण जुक्ति हो( अर्थात् राष्ट्रिय नीति“ सेक्रेटरीको निवेदन थियो ।

“त कस्तो लोकतन्त्र हो त त्यो ? हाम्रो कानूनले त सार्वजनिक स्थलमा ढुङ्गामुडा, आगजनी जस्ता ध्वँसात्मक कर्म गर्न दिदैन होइन र ?“ राजाको जिज्ञासा ।

“हो महाराज ! अवश्य हो ।“ सेक्रेटरीको निवेदन ।

“त्यसो भए बोलाउ पुलिस लगाउ हथकडी थुनाउ थानामा ।“ राजाको आज्ञा कडै थियो ।

“थुन्यो भने यिनीहरू पात्तिएर झन् छोइ नसक्ना हुन्छन् । थुनामा बस्दा भोजन सित्तै डकुल्याउँछन् । सित्तैँ विस्तरा मैल्याउँछन् । अनि भोका नाङ्गा, अलिना, मलिना, हैजा ग्रस्त गरिव दाजुभाइको मुख मोसेर ल्याएको भ्रमण खर्च सर्लक्कै बचाएर रेडलाइट एरिया, जुवाघर अनि डिपार्टमेन्टल स्टोरहरूतिर भिडभाड बढाउन अग्रसर हुन्छन् । त्यहाँ झन बढी अशान्ति र दङ्गा फसाद मच्चाउन के बेर ?“

सेक्रेटरीको कुराले विलखबन्द राजा चिन्ताग्रस्त बनेर प्रभु इसुको ध्यानमा घोरिँदा भया ।

गोरखापत्र, शनिबार

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आ-आफ्नै भाँडतन्त्र

आ-आफ्नै भाँडतन्त्र

नरेन्द्रराज पौडेल
पुरेत फर्ने रोग

पुरेत फर्ने रोग

नरेन्द्रराज पौडेल
राहत रमिता !

राहत रमिता !

नरेन्द्रराज पौडेल
अथ श्री पालिकापुराणम् !

अथ श्री पालिकापुराणम् !

नरेन्द्रराज पौडेल
चड्कनचर्या

चड्कनचर्या

नरेन्द्रराज पौडेल
लेखक नहुनुको आनन्द

लेखक नहुनुको आनन्द

नरेन्द्रराज पौडेल