(गाईजात्रा २०७२)

हेर्नोस् ! मन्त्री त मै पनि हुन्थेँ, तर...
बाउ आमाले पढाइ दिए ।
गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए ।
इष्टमित्रहरूले झन् आपसी मेल सिकाइ दिए ।
सबैभन्दा ठूलो पीर त, राष्ट्रप्रेम नै जगाइदिए ।
नत्र मन्त्री त मै पनि हुन्थेँ ।।

हेर्नोस् ! हाकिम त मै पनि हुन्थेँ, तर...
प्रमाणपत्र छ सक्कली !
चा.चा.चु.चु.चु. पढिएन, न आफ्नो काम नक्कली ।
सक्कली छ सेवा सबलाई, नक्कलीले चढाएको ।
आत्मसम्मान बेचिएन, पुर्खौंदेखि कमाएको ।
नत्र हाकिम त मै पनि हुन्थेँ ।।
काठमाडौं