सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जहाजकी नानी

Nepal Telecom ad

“बा जताततै बन्द र आन्दोलन छ, म टिकट पठाइदिउँला, प्लेनबाटै आउनोस्” काठमाडौमा जागीरे छोरा गोपालले टेलीफोनमा भने र टिकेट पठाइदिए । जिन्दगीमा पहिलोपल्ट सत्तरीबर्षे उमेरमा हवाइजहाज चढ्ने मौका मिल्यो अन्तरेबालाई ।

“नमस्ते बा” प्लेन चढ्ने बित्तिकै चिटिक्क परेकी केटीले स्वागत गरिन् । “नमस्ते नानी !” दुबै हात जोडेर अघि बढे बा र एकजना यात्रीले बताइदिएको सिटमा बसे । एकैछिनपछि अघि नमस्कार गर्ने नानी आएर नजिकै ढेस्सिएर “म पेटि बाँधिदिन्छु ल बा !” भन्दै बेल्ट कसिदिइन् । एकछिनपछि उनैले चकलेट ल्याएर दिइन् । “कानमा राख्नोस् बा, दुख्न सक्छ” भनेर रुवा दिइन् । जहाज उडिसकेपछि एकैछिनमा पानी, सर्बत् र केक दिइन् ।

जहाजकी नानीको सहयोग र सत्कारबाट बा अत्यन्तै हर्षित भए बा । “यस्ता मान्छे पनि छन् यो संसारमा, कति मिजासिली, कति सहयोगी, कति राम्री !” मनमनै असमयमै बितेकी आफ्नी श्रीमतीलाई सम्झे “बाँचिरहेकी भए आज ऊ पनि जहाज चढ्न पाउँथी, कत्ती खुसी हुन्थीहोली !” भनेर ।

प्लेन काठमाडौ विमानस्थल उत्रियो । झर्ने बेलामा पनि नानीले मायालु स्वरमा नमस्कार गर्दै “राम्रोसँग जानू है बा !” भनेर मसक्क मस्किइन् । अन्तरेबा नानीसँग केहि बोल्न खोज्दै थिए तर पछाडिका यात्रीहरूको ठेलाईले रोकिन सकेनन् ।

बा बाहिर निस्के । ट्याग बुझाएर झोला लिए । एअरपोर्टमा लिन आउँछु भनेको थियो गोपालले । तर छोरो नदेखेपछि ट्वाल्ल परेर यताउता हेरिराखे । यसैबेला सुटकेस गुड्काउँदै अघिकी नानी ऊजस्तै चिटिक्क परेका नानीहरूका साथ बाहिर आउँदै गरेको देखेर खुसी भए बा । “नानी मेरो छोरो लिन आउँछु भन्थ्यो….” केही भन्न खोज्दैथिए बा तर नानीले नचिनेकोजस्तै गरेर अर्कोपट्टी हेर्दै अगाडि बढिन् ।

“तपाईंसँग छोराको मोबाइल नम्बर छ बा ?” सँगै प्लेनमा आएका एकजना भद्रले उनलाई सोधे । अन्तरेबाले जबारकोटको खल्तीबाट कागजको चिर्कटो निकालेर दिए । फोन गरेपछि थाहा भयो कि बाटोजाममा परेका रहेछन् गोपाल ।

“पछि निस्किने केटी चाहिँ जहाजकी नानी थिइनन् क्यारे ! म झुक्किएँ जस्तो छ बुझिस् गोपाल !” निकैपछिसम्म अन्तरेबा दोहोर्याई रहन्थे ।
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
के नाप्छौ ?

के नाप्छौ ?

दुर्गाप्रसाद ग्वालटारे
पक्का हो

पक्का हो

दुर्गाप्रसाद ग्वालटारे
“यो डरायो” भन्नेसँग

“यो डरायो” भन्नेसँग

दुर्गाप्रसाद ग्वालटारे
आए जस्तो भयो 

आए जस्तो भयो 

दुर्गाप्रसाद ग्वालटारे