सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मोदीको डायरी

Nepal Telecom ad

मभन्दा नि प्यारो छ को भन्नलाई
दिएँ साथ भन्ने बुझून् भन्नलाई
तुमारा हमारा हटाओ दिलों से
मितेरी लगाओ सभी लोग मिल्के

भनी फूर्ति लाएँ उता डुल्न जाँदा
मिठो मेजमानी उतै खानुपर्दा
गरे खूब सत्कार माने मलाई
निकै उच्च व्यक्तित्व ठाने मलाई

थिए झुस्स दारी र सेतै कपाल
लगाएर कुर्था गरेँ लौ कमाल
मभन्दा ठुलो व्यक्ति कोही थिएन
शताब्दी भरी नै कतै देखिएन

भनेझैँ गरेथे मलाई विचारा
नपाएर पत्तो नयाँ दाँत दारा
म ब्वाँसो हुँ भन्ने चिनेनन् कसैले
तिखा दाँत दारा नदेख्दा सबैले

अहो ! देश नेपाल मैले कन्याएँ
बनी मित्रजस्तै सबै अल्मलाएँ
बिचारेर मौका म पर्खी बसेथेँ
मिल्यो दाउ ऐले र नङ्ग्रा धसेथेँ

चिथोर्नै नपाई कराए सबै नै
चिनेछन् कि क्या हो डराए सबै नै ।

जुरोपानी, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फालौँ लुतो

फालौँ लुतो

परशुराम पराजुली
भैरव अर्याल र रमेश विकल  केन्द्रित दुई कृति लोकार्पण

भैरव अर्याल र रमेश...

परशुराम पराजुली
सिउरजस्तो कपाल पारी

सिउरजस्तो कपाल पारी

परशुराम पराजुली
म-त-दाता

म-त-दाता

परशुराम पराजुली
नारी जागरण ?

नारी जागरण ?

परशुराम पराजुली
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल