सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भावी त हेरेको हेर्यै !

Nepal Telecom ad

गरिबी र अभावको धनी हीराबहादुरकी छोरी जन्मिई ! जातीय परम्पराअनुसार उसले जन्मेको छ दिनमा छैटी गर्यो ! छैटीमा भावी आएर बच्चीको निधारमा भाग्य लेखिदिए–
“ ….. कुपोषण, रोग र अभावको सिकार हुँदै घाँस–दाउरा गर्ने, लिपपोत गर्ने, अर्काकी नोकर्नी भएर भाँडा माझ्ने, एउटा गरिब केटासँग बिहे गर्ने, सानै उमेरमा बिधवा बन्ने, लाखौं अपमान र तिरस्कार सहेर उपचारको अभावमा अल्पायूमै मृत्युवरण गर्ने… !”

समयको बृद्धिसँगै हीराबहादुरकी छोरी हुर्कँदै गई ! साहूको घरमा काम गरेर पनि उसले पढाइलाई निरन्तरता दिई, सधैं प्रथम हुँदै गई ! छात्रवृत्ति पाएर क्याम्पस पढ्न थाली, राम्रो जागिर पनि पाई ! उसको यात्रा रोकिएन ! स्नातकोत्तरसम्म सधै प्रथम भई ! कलकलाउँदो उमेरमै विध्यावारिधि गरेर दात्री संस्थाहरूसँग समन्वय गरी गाउँमा बिजुली, पानी, टेलिफोन, विध्यालय, स्वास्थ्य केन्द्र आदि स्थापना गरी ! सहपाठी एवम् सहकर्मी प्राध्यापकसँग बिहे गरेर सन्तानलाभ पनि गरी ! उसको विद्वता, साहस, सुकर्म एवम् सफलताको चारैतर्फ प्रशंसा भयो !

उता छैटीको दिन भाग्य लेखिदिने भावी भने निधारमा हात राखेर हेरेको हेर्यै भए !

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सीप

सीप

डा.रवीन्द्र समीर
पाँच सय ! कति महँगो हो ?

पाँच सय ! कति...

डा.रवीन्द्र समीर
आयुको प्रार्थना

आयुको प्रार्थना

डा.रवीन्द्र समीर
देश

देश

डा.रवीन्द्र समीर
उपहार

उपहार

डा.रवीन्द्र समीर