छोराले भन्छ
पल्सर किन्छु
भिआर किन्छु
म त भन्छु
बाउको समस्या सुझ्नु छैन
कती कमाइ छ बुझ्नु छैन
यो किन्छु त्यो किन्छु
प्वाक्क मुखमा दिन्छु ।

छोरी भन्छे
स्कुटी किन्छु
ल्यापटप किन्छु
बाउको कमाइ कति छ
थाह छैन
तीन महिना भइसक्यो
अझै तलब आ छैन
यो किन्छु त्यो किन्छु
प्वाक्क मुखाँ दिन्छु ।

श्रीमती पनि भन्छिन्
सुन किन्छु साडी किन्छु
यसपालाको जाडोलाई राम्रो राडी किन्छु
म भन्छु
हाम्रो बेहेको ऋण
अझै तिर्या छैन
लाजले डरले
बैंकमा नै छि¥या छैन
यो किन्छु त्यो किन्छु
प्वाक्क मुखाँ दिन्छु ।

भन्दा भन्दै प्वाक्क दिन्छु
थेगो नै भएछ
यै थेगोले गर्दा एक पटक
झन्नै जागिरै गएछ ।

एक दिन हाकिमले भने
यो दिन जाऊ
त्यो लिएर आऊ

मैले भनेछु
यो दिन्छु
त्यो लिन्छु
खाली अह्राको छ अह्राको छ
प्वाक्क मुखमा दिन्छु
हाकिम रिसले चुर
झन्न भएका भष्मा शुर
जागीर बल्ल बल्ल जोगीयो
यो थेगोले त के के भोगियो ।

दाङ, हालः काठमाडौं