सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पैसाबहादुर र पैसादेवी

Nepal Telecom ad

पैसा पोस्न सकेदेखि दुनिया मित्र बन्दछ
पैसाकै खेलले भोलि त्यै मित्र शत्रु बन्दछ

केटा होस् कि त केटी होस् पैसाले प्यार भेट्दछ
मान्छेले कम, पैसाले मान्छेको प्यास मेट्दछ

राम्रो नाना मिठो खाना पैसैले दिन्छ जोवन
पैसै ठूलो छ मान्छेमा पैसै भए छ यौवन

दामी साडी किनी दिन्छ जसै पैसा बहादुर
पैसादेवी खुसी हुन्छिन् सजाई देह सुन्दर

राम्रो गाडी चढी हिंड्छ जसै पैसाबहादुर
पैसादेवी उतै लाग्छिन् घुम्न जान सरासर

गहना गुरिया टन्न किन्छ पैसा बहादुर
पैसादेवी परी मख्खै उतै लाग्छिन् बराबर

पैसाले पद जोडिन्छ पैसैले पद खोस्दछ
गाई काटेर पैसाले गधाको देह पोस्दछ

मान्छे हो बुझ पैसैमा सबको हेलमेल छ
जे जे छ लोकमा आज पैसाकै चलखेल छ
कोलोराडो अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’