१. अवसर कस्तो मिठो ! लठुवा के जानोस् !
रसिलाको मूल्य के छ ? स्वाँठले के जानोस् !

२. कति सत्ता फेरिएर कुन कुन आए ?
हामी जुका जिउँदै छौं ! भुसुनो के जानोस् !

३. लुरे पछि जो त लाग्छ लुरे हुन्छ त्यो त !
दुले चोर डाका हुन्छ ? छुसी त्यो के जानोस् !

४. साम दान दण्ड भेद अघि वढ जिन्दावाद !
झोला बोकी हिंड्ने झोले सुदामा के जानोस् !

५. ’सट्टा पत्ता’ कस्तो कस्तो अपूर्वको खेल !’
‘भुस’ ’हुस्सु ’भएको छ रहस्य के जानोस् ।

६. म त त्यागी गीतावादी ! पूर्व मार्क्सवादी !
कस्तो राम्रो इतिहास ! मख्खले के जानोस् !

७. कति क्रान्ति ! कति नारा ! कति हड्ताल !
आँखा छ नि नहेर्नेले कहिले के जानोस् !

८. ‘नयाँ अरे नेपाल’मा ‘अच्छे दिन’ उता !
हल्ला हावा खाई बाँच्ने अल्छेले के जानोस् !

झर्रो नेपाली घर, चन्द्रगढी झापा