सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पैसा ! पैसा ! ! पैसा ! ! !

Nepal Telecom ad

आमा किन्न सकिन्छ बा पनि यहाँ, छोरा र छोरी सबै ।
स्वास्नी किन्न सकिन्छ दौतर सखा, पैसा भएमा सबै ।।
पैसा नै बल—बुध्दि–शुध्दि सुखको, सोपान हो आखिर ।
मन्त्री सांसद दूत मिल्दछ यहाँ, पैसा भए आखिर ।।१।।

पैसाले जन–भावना मत कयौं, मोडिन्छ तोडिन्छ रे ।
पैसामै नव–सिर्जना र रचना, जोडिन्छ–जोडिन्छ रे ।।
द्रोही रुष्ट र दुष्ट शिष्ट रसिला, ‘सन्तुष्ट’ पैसा भए ।
घाती–पापकरी– फँुडाफँुडी सबै, पैसो हुँदा चोखिए ।।२।।

कस्तो शक्ति ? अचम्म जादु धनको, संसारकै तेज हो ।
मक्किन्छन् कति ‘वाद–दर्शन’ यहाँ, पैसा ठुलो क्रेज हो ।।
लत्रन्छन् धनवाद मै कति सफा, सिद्धान्त–आन्दोलन ।
धोत्रन्छन् नव– दूर चिन्तन हरे ! पैसाविना हर्दम ।। ३।।

यस्तै चिन्तन– वृत्तिले घर गरी, स्वार्थी बने नायक ।
लोभी–नग्न कृतघ्न पाप मनका, धिक्कार दुर्नायक !
उर्जा हो धनवाद ‘ढाल’ सबको, सत्ता लिने यन्त्र हो ।
पुर्जा नंबरी हुन्छ यो मुलुकनै, पैसा महा–मन्त्र हो ।।४।।

व्याख्याकार महान चिन्तक कयौं, घुक्छन् र चुक्छन् सदा ।
दादा वा डन कुन्डले खुसुखुसे, झुक्छन् धनै पाउँदा ।।
रम्भा उर्वर उर्वसी नभचरी, पैसा भए आउँछन् ।
के वैज्ञानिक ? वैद्य–डक्टर सबै, पैसा भए धाउँछन् ।।५।।

गद्दी स्वागत गर्छ गर्छ जनता, चर्का प्रशंसा अहा !
जिन्दावाद ! चिरायुका जुलुसले आकाश छुन्छन् सदा ।।
आऊ ए धनवादका पछि सबै, यै हव्य वा कव्य हो ।
राम्रा सर्जक गर्ज गर्ज कृतिमा, पैसा त गन्तव्य हो ।।६।।

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’