सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दिल्लीतिर बग्या खोला

Nepal Telecom ad

दिल्लीतिर बग्या खोला फर्किएछ,
शत्रुताको साथी अब तर्किएछ ।

गङ्गाजल पान गर्छौं भन्नेलाई,
जमुनाको फोहरपानी छर्किएछ ।

ओरालोमा दगुरेको बल्ल था’ भयो,
गन्तव्यहीन दुवै गोडा मर्किएछ ।

प्यास लाग्दा पानी खान नजानेर,
मदिराको घुट्को अब सर्किएछ ।

नेपाली मन अझै पनि खुलानै छ,
दिल्ली बरु दिलैदेखि झर्किएछ ।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी