सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाकिमको सपना

Nepal Telecom ad

हाकिम आयो रमायो,
सुर्ति झिक्यो गमक्क फुल्यो,
व्याग राख्यो सोफामा बस्यो, पिच्च थुक्यो ।
नाक फुलायो, टाइ मिलायो ।

पिउनलाई बोलायो,
पिउन आयो,
पानी ल्याउन अह्रायो,
पानी आयो,
पानी पियो पिउन गयो, पिच्च थुक्यो ।

असिस्टेन्टलाई बोलायो,
असिस्टेन्ट आयो, पिच्च थुक्यो,
फाइल ल्याउन अह्रायो,
फाइल ल्यायो देखायो,
हाकिमले माइन्ड गर्यो, अनि साइन गर्यो ।

एकाउन्टेन्टलाई बोला भन्यो,
असिस्टेन्ट गयो, बोलायो, पठायो,
एकाउन्टेन्ट आयो,तर्स्यो,
हजुर भन्यो, झस्क्यो ।

हाकिमले बस् भन्यो, छिटो बस् भन्यो, बस्यो,
हिसाब मिलेन भन्यो,
हाकिम रिसायो करायो,
एकाउन्टेन्ट डरायो,
हिसाब गरायो ।

एकाउन्टेन्टलाई झपार्यो,
गाली गर्यो, झन्डै कोपार्यो
कुट्नचाहिँ सकेन, आफैँलाई लोपा¥यो ।
एकाउन्टेन्ट झुक्यो,
हाकिमले पिच्च थुक्यो ।

हाकिमले ‘निकाल्छु’ भन्यो
निकाल्यो देखायो,
हाकिमले फेरि गोजीभित्रै राख्यो,
खाली कागज रहेछ, तर्सायो,
पिच्च थुक्यो, एकाउन्टेनलाई पठायो ।

पिउन आयो, चिया ल्यायो,
‘टेबुलमुनी बम छ’ भन्यो,
हाकिम डरायो, बेस्सरी डरायो,
बाहिर आयो करायो ।
पिउन गयो, बम झिक्यो,
दुनटबम दुई प्याकेट थियो,
चियासँगै एउटा राखिदियो,
पिउन फर्कियो, हाकिम झर्कियो ।

तुरुन्त टाइपिस्ट आई,
हाकिमलाई हेरी,
हाकिमले हेर्यो
मायाको पासोले बेर्यो ।
चियादुनट सक्र्यो,
माथितिर ऊ फर्क्यो,
शान्त भो, पहेँला दाँत देखायो,
ङिच्च हाँस्यो, पिच्च थुक्यो ।

त्यहीँ आँखा गाड्यो,
दायाँबायाँ हेर्न छाड्यो ।
चिया सर्कायो, थुतुनो फर्कायो,
को आफ्नो को पराई ?
उ हाँस्यो, ऊ मुस्कुराई ।

हाकिमले आलपीन झिक्यो,
दाँतको लुँई कोट्यायो,
पुलुक्क हेर्यो,
हिहिहि हाँस्यो घरिघरि,
टाइपिस्टले पनि इशारा गरी,
हाकिमले हेर्यो,
हात अगाडि लम्कायो,
च्याप्प समात्यो,फोन
कानमा राख्यो,
र हलो भन्यो ।

ऊ तर्स्यो, मुस्कुरायो, चिच्यायो, पिच्च थुक्यो ।
दुइ करोड ? उ हाँस्यो फेरी पिच्च थुक्यो ।
थुक पाइन्टमा परेछ क्यारे रुमालले पुछ्यो ।
उसले हेर्यो,
टाइपिस्ट झन् नजिक आई ,
ऊ दङ्ग पर्यो,
टाइपिस्टको हात समात्यो,
टाइपिस्ट लजाई, उसले तान्यो, काखमा राख्यो,
म्वाई खायो, कपाल मुसार्यो, दारी मुसार्यो,
लडीबुडी गरेछन्, खाटमुनी झरेछन् ।

एक झाप्पड हानेर स्वास्नीले सातो खाइछ,
झल्याँस्स ब्यूँझिदा त सपना पो रैछ ।
चारघरे, नुवाकोट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम