सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डोकोमा हाली फालिदिन्छु

Nepal Telecom ad

बा के संविधान साँच्चै आको हो ?
संविधान आए त
सब ठिकठाक हुन्छ भन्थे
हामीले झन किन दुःख पाको हो ?
संविधानले त सब दिन्छ भन्थे
यो आएपछि त
झन स्कुल जान पाको छैन
कति दिन भइसक्यो
राम्ररी भात पनि खाको छैन
संविधान भनेको
के बिस्कुट र चिउरा हो ?
के गुइँठा र दाउरा हो ?
हैन बा
यो सब कसले गराको हो ?
के यो काम पनि
संविधान मोराको हो ?
बिरामी भएपछि
अस्पातल जान पाइँदैन रे
जसोतसो गयो भने पनि
त्यहाँ औषधी खान पाइँदैन रे
सरले भनेको त संविधान आएपछि
सबको अधिकार बराबर हुन्छ
सब कामकाज सरासर हुन्छ
तर खै त
कति दिन भो स्कुल जान पाको छैन
कति दिनसम्म दालभात टन्न खाको छैन
धन्न गाँठे
बिरामी चाहिँ भाको छैन
सरले भनेको
राजालाई पनि यिनै पार्टीले फाल्या रे
संविधान ल्याउन यिनैले भोट हाल्या रे
आउँछ आउँछ भनेको संविधान
बल्ल बल्ल आको
है बा
संविधान आएपछि झन किन यस्तो भाको ?
यो संविधान भन्या कस्तो हो बा ?
तेल ल्याउँदा पनि पहाड भइ छेक्छ रे
लामो जुलुस भएर नाका नाका टेक्छ रे
यस्तो लफडा संविधान किन ल्याको बा ?
यस्ता लफडा गर्नेलाई
संविधान बनाउ भनी
किन तिमीले भोट द्याको बा ?
यस्तै दुःख पाइरहने हो भने
म त ठुलो भएपछि
यो संविधानलाई
डोकोमा हाली भिरबाट फालिदिन्छु
नभए पोकोमा हाली आगोमा बालिदिन्छु ।
हजुर बाले भने
हेर नाति
संविधानको पनि दोष होइन
यो मान्छेको पनि दोष होइन
कलियुग लागेपछि यस्तै हुन्छ
मति बिगरिन्छ, बुद्घि बिगरिन्छ
कलियुगमा मान्छेलाई अनेकले छुन्छ ।
अनि त के के हुन्छ, हुन्छ !

दाङ, हाल : काठमाडौ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे