हावादारी गफ
१. हावादारी गफ गर्छ यो मान्छे त ! भन्छौ !
हावादारे हावा छ त कस्ता गफ गर्ने ?
२. तिसै सालदेखि चल्यो हावादारी शिक्षा !
वोर्डिङ्को व्यवस्था झन् ! यस्तै गफ गर्ने !
३. बरा विचरा है ! प्र. मन्. यसै देशभित्र !
हावादारी गफ गर्ने ! र त गफ गर्ने !
४. दुनियाँमा छेलोखेलो पानी जस्तो तेल !
‘अभाव छ ! हावा खेल !” यस्तै गफ गर्ने !
५. शोषणको अर्थ के हो ? हावादारी व्याख्या !
सामन्तको इसारा छ ! मूर्ख गफ गर्ने ?
६. हाहा हावा जोड सङ चलेको छ ! छ ! छ !
हावै मिठो सवै मान्ने ! कस्ता गफ गर्ने ?
७. ‘फर्कंदैन पुरातन’ यो पो हावा भयो !
नेपालमा ओहो ! फर्क्यो ! अब गफ गर्ने !
८ ‘गफडीको देश’ भनी चिन्थ्यो गफडी यो !
हावा मिठो ! हावादारी सवै गफ गर्ने !
झर्रो नेपाली घर, चन्द्रगढी झापा