गृहिणीलाई टाउको दुख्यो अस्पताल गाको
डाक्टर बाबु हेर्छन् मात्रै खै के खै के भाको !
कहिले हेर्छन् हात मात्रै कहिले आँखातिर
मलाई भन्दा पनि ज्यादा परेजस्तो पीर ।

अहो हो थाहा भयो बेथा रै छ गहिरो
प्रेसर बढ्यो हजुरलाई सँधै चिन्ता पहिरो ।
दश हजार पर्छ अब औषधीको भाऊ
विषेक पार्ने भए अब किन्न झट्टै जाऊ ।

डाक्टरको कुरा सुन्दा भित्रै आगो बल्यो
एलपी ग्याँस लेखे उन्ले नौनाडी नै गल्यो ।
हाँस्दै आए एकजना ग्याँस बोकी बोकी
पुलिस रैछन् ड्रेस खस्यो टिपे खोकी खोकी ।

ग्याँस देखी गृहिणीले दिइन् एक चुम्मा
अँगालोमा बेरिन् कठै सात बार जम्मा ।
मेरो खल्तीबाट झिकी दश हजार गनिन्
मेरो बेथा गायब भो घरमा जाउँ भनिन् ।
धादिङ