सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झारपात

Nepal Telecom ad

उह् त्याँ जंगलमा हेर
के त्याँ नौले झार छ ?
के त्याँ पिर्रे झार छ ?
के त्याँ गन्धे झार छ ?
के त्याँ घोडेदुबो छ ?
अहँ छैन, छँदै छैन
किनकि
त्यहाँ यी फस्टाउन सक्दैनन्
यी परनिर्भर छन्
त्यसैले तिम्रै खेतबारीमा
अखडा बनाउँछन्
जेठको घाममा तिल्मिलाएका घोडेदुबो
असारमा धान संगै हरियो हुन थाल्छन्
जह्रैदेखि उखेल
र दबाइदेऊ खेतको हिलोमा
कचक्क पैतालाले
डिलमा उम्रेर गह्रामा तन्किन लागेका होलान्
दया नगरी चट्चटी टाउको चुँडिदेऊ
धानकै रुपमा सामा ढुक्क भएको हुनसक्छ
उखेलेर राख डिलमा
मुठ्ठी भरेर हँसियाले रेटौला
भारी पुर्याउन सजिलो होला
पानीले खेत ढकाइराख
सितिमिति झार नउम्रियोस् ।
वर्षातमा झार प्रशस्त उम्रन्छन्
यसरी दबाइदेऊ कि
कोदालीले कोदोबारी फर्काए झैं
हलोले बाँझो जोते झैं
कोदालोले डल्ला फोरे झैं
नदेखाऊ ममता झारमाथि
सकभर निर्दयी बन
नत्र
बयेली खेल्ला झार
नुहुने बेलामा ठाडै बस्लान् बाला
कोदो भन्दा पहिले फुल्लान् गन्धे
निगालिएलान मकैका बोटहरू
अनि
भोकै परौला तिमी
र तिम्रा सन्तानहरू ।
साकोनारी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला