सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

एउटा कथा यस्तो पनि

Nepal Telecom ad

विदेशमा पढेर पुनर्जीवन विद्यामा पारङ्गत भएका चार जना युवाहरू भर्खरै स्वदेश फर्केका थिए । जागीरको खोजमा एक दिन गाउँबाट राजधानीतिर जाँदै थिए । बाटोमा एउटा ठूलै जङ्गल पथ्र्यो । जंङ्गल छिचोलेपछि बल्ल शहर जाने राजमार्ग भेटिन्थ्यो ।

जङ्गलको बीचोबीचतिर पुगेका थिए, त्यहाँ भर्खर भर्खरै एउटा ढिस्को भत्केर केही ढुङ्गा र हाडहरू बाहिर उत्रेका देखिए । विद्वान् युवाहरूले आपसमा मुखामुख गरे । चारमध्येका प्रथम श्रेणीमा प्रथमले अघि सर्दै साथीहरूसँग भन्यो, हामीले सिकेका पुनर्जीवन विद्याको जाँच यसैमा किन नगर्ने ? सवैका अनुहारमा उत्साह चमक्क चम्क्यो ।

सुकिलामुकिला युवाहरूले हड्डी केलाउन लागेको देखेर त्यहाँ आइपुगेको एक जना दाउरेले काँधको बन्चरो भुइँमा टेकाउँदै उभिएर सोध्यो, “तपाइँहरूले यो के गर्न लाग्नुभएको ?”
“हामीले यसलाई पुनर्जीवन दिन लागेका हौं । किन, के भो र ?” प्रथम श्रेणीमा प्रथमले भन्यो ।
“पढेलेखेकाजस्तो देखिनुहुन्छ, किन यस्तो मूर्ख मति लिनु भएको ?”दाउरेले आफ्नो स्वाभाविक जिज्ञासा राख्यो ।
प्रथम श्रेणीमा प्रथमले दाउरेका मनका कुरा बुझेजसरी जवाफ दिँदै भन्यो, “यी हाडहरू बाघका होइनन्, मान्छेका हुन् । त्यो पनि हजार वर्षअघिका मान्छेका हुन् । मान्छे समझदार प्राणी हो । बुझयौ ?”

कुरा सुनेर दाउरे मुसुक्क हाँस्यो । पालैपालो ती विद्वान्हरूको चुरीफुरीमाथि आँखा घुमायो, भानेमुङ्ग्रोले जसरी मुन्टो हल्लायो र थप मुस्कुराउँदै आप्mनो बाटो लाग्यो ।
विद्वान्हरूले विद्याको प्रयोग सुरु गरे । हड्डीहरू यथा–यथास्थान जोडेर स्केलिटन उभ्याइयो । स्केलिटनमा हाड मासु छाला जडियो । अन्तमा प्राण भर्ने विधि पनि सम्पन्न गरियो ।

सर्वाङ्ग नाङ्गो त्यस अजङ्गको मान्छेले आँग मरक्क मर्कायो, कररर्र दाह्रा किट्यो, पिर्लिक्क आँखा उघा¥यो र भयङ्कर आवाजमा गज्र्यो ।
आफनो सफलतामा मक्ख विद्वान्हरू आपसमा मुखामुख गर्दै त्यस पुनर्जीवित मानिसका अगाडि उभिएका थिए ।
एक तमासको अनुहार लगाएर युवाहरूतिर हेर्दै पुनर्जीवित मनुष्य भीषण आवाजमा बोल्यो, मेरो पसिनाको आर्जन किन लुट्यौ ? मैले खाँदाखाँदैको खाना किन खोस्यौ ? मलाई नाङ्गो किन बनायौ ? अव कालले छोड्ला म तिमीहरूलाई छोड्दिनँ । बुझ्यौ ?

हैन, हैन हामीले लुटेका होइनांै । हामी त भर्खरै पढाइ सकेर शहर जान लागेका विद्वान्हरू । तपाइँका जमानामा हामी जन्मेकै थिएनौँ । तपाइँलाई लुट्नेका सन्तानलाई हामी चिन्छौं । तपाइँले आफ्नो माग तिनीहरूसँग राख्ने हो । हामीसँग होइन । हामी त तपाइँको पक्षमा छा,ैँ विद्वान्मध्येको प्रथमले भन्यो ।

पुनर्जीवित थप क्रोधावेशमा आयो । त्यसका आँखाबाट राता राता ज्वाला निस्केजस्तो स्थिति देखियो । पाखुरा सुर्कँदै त्यसले भन्यो, तिमीहरूले झुक्याएर अव म झुक्किन्न । मलाई यो हालतमा पु¥याउने अन्यायीहरू एक एकको अनुहार बिर्सेको छैन मैले । म बिर्सनै सक्दिनँ । दाँत उही, आँत उही, छाँटकाँट उही , म के आफ्ना दुश्मनहरू पनि नचिन्ने भुच्चुक हूँ ? म भुच्चुक होइन । म तिमीहरू एक एकलाई निमोठेर यहीँ थुपार्छु । यति भन्दै एक युवालाई च्याप्प समातेर भुइँमा थचा¥यो । अरु दुई जना थच्याक्थुचुक् आफै भुइँमा बसे ।

विद्वान्मध्येमा पछाडि परेको एक विद्वान्ले साहस बटुल्दै त्यस अजनवीका अगाडि हात जोडेर विनम्र स्वरमा भन्यो, हजार वर्षअगाडिको दुश्मनी ताजा राखेर दाँत उस्तै र कद उस्तै देखिएका भरमा निर्मम व्यवहार गर्नु न्यायपूर्ण हुन्छ र ? हुँदैन नि । मान्छेका कुनै शाश्त्र र सिद्धान्तले पनि यस कुरालाई उचित मान्दैन । तपाइँ अनुचित काम गरेर हामीलाई दुःख नदिनुहोस् । हामी तपाईँका दुश्मन होइनौं । हामी त तपाइँका हितसाधक आफन्तहरू हौँ । उचित र न्यायपूर्ण आन्दोलन चलाउनुहोस् । हामी तपाइँलाई साथ दिन्छौं ।

कुरा सुनेर पुनर्जीवित मानिस पुराणको अट्टहास शैलीमा मुक्तकण्ठले हाँस्यो र त्यस विद्वान्लाई पनि कपालमा समातेर त्यहीँ थचार्यो ।
कथा यत्ति हो । यो अनुश्रुतिमा आएको कथा हो । कथाको अन्त थाहा छैन । शायद अन्त बाँकी नै छ । अन्तमा कतैबाट त्यो अघिको मूर्ख दाउरे आइपुग्छ कि ?

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad