सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जस्तै हुरी चले नि !

Nepal Telecom ad

यहीँ बाँच्छु, मर्छु भन्थेँ जस्तै हुरी चले नि !
कायर भन्यो अचानक बिउँझेर लासले नि !

विश्वास पात्र जो छन् हर्दम सतर्क बस्नू
आफन्त मार्न सक्छन् अर्जुन र कृष्णले नि !

छटपट थिएन केही झन् मस्तले निदायो
कस्तो सितल छ आहा दनदन चिता जले नि !

पिउने कयौं बहाना जुर्छन् अचेल मेरा
बुन्छन् नयाँ कहानी प्याला र साँझले नि !

लेखेर मात्र ठूलो भइँदैन बुझ् तँ बाला
दुइचार शेर बाँचुन् तेरो शरिर ढले नि !

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस