मोरो पनि मोरी…
फापर पनि तोरी हुँदो रैछ फेसबुकमा
लेख रचना चोरी हुदो रैछ फेसबुकमा ।
अरे यार कतिसम्म कुरा छल्न जानेको हो
विवाहित बिजोरी हुँदो रैछ फेसबुकमा ।
अहँ, सकिन्न बुझ्नलाई खास चरित्र त
काली पनि पो गोरी हुँदो रैछ फेसबुकमा ।
कतिको बिहे भो त कतिले मृत्यु वरण गरे
कुन नसालु डोरी हुँदो रैछ फेसबुकमा !!
तीन छक्क पर्दैछु म त सब जाल देखेर
मोरो पनि त मोरी हुँदो रैछ फेसबुकमा !
भोजपुर