सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अचम्म नमान

Nepal Telecom ad

चार सय बोरा सडेर गयो चामल राहतको
राज्यले भने बुझेन कठै समस्या आहतको ।
गोदामभित्र मक्किन थाल्यो रे अरू सामान
त्यसलाई पनि जलाए भने अचम्म नमान ।

पालको भित्र बसेका मान्छे मृत्यु नै कुरेर
राहत पनि पठाउने अरे साइत जुरेर ।
जिउनलाई दिइने पैसा मृत्युको काममा
औषधी गरे देहमा चोटै नभाको ठाममा ।

जाडोमा दिने गरम लुगा गर्मीमा आउला
यो जाडोभरि मरेन भने बाँच्नेले पाउला ।
बरै ! कसले पाउला !!
दुखीको उहाँ जीवन के छ मुसो र बिरालो
बिरालो पनि मर्छ कि भन्ने लाग्दछ पिरलो ।

भीआईपी भनी लगानी गर्छन् अरबौं रुपियाँ
गरिबलाई बनाउन थाले भुसुना उपियाँ ।
यै चाल रहे यो देशबाट हुनेछ अवश्य
गरिबी हैन गरिबमुक्ति विकासे रहस्य ।

गरिबलाई मारेर होला देशको विकास
योभन्दा अर्काे देखेन कठै राज्यले निकास ।
हुन्छ गरिबको विनाश
अनि देशको विकास
साथी एउटै निकास !!

बुटवल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला