सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्यै हो महा–शासक !

Nepal Telecom ad

ठट्टा होइन ‘राष्ट–शासन’ कबै, यो धीर–गम्भीर छ
चोट्टा बन्न हुँदैन ‘शासक’ कबै, यो प्राण अस्थीर छ ।
लोकैमा समता असीम–ममता, पोख्ने बुताका धनी–
मात्रै शासक बन्न सक्छ भवमा, नेता ! नह्वौ बैगुनी ।।१।।

जल्ले देश उचाल्न आर्थिक नयाँ, सिध्दान्त–नीति दिए
होऊन् है जनता सुशिक्षित– सुखी, अभ्यास जल्ले लिए ।
त्यस्ता नायक नै सुशासक बने, प्यारो धरा–धाममा
स्वार्थी–शोषक–धूर्त शासक सबै, सुक्छन् कडा–घाममा ।।२।।

जे छन् प्राकृत–स्रोत–साधन, यहाँ गर्दै सफा दोहन
नौला उद्यम–सीप–जाँगर–कला, पार्दै महा–मोहन ।
छर्छन् जो परमार्थ भाव मधुरो, ती हुन् उचा–शासक
जो मान्छन् ‘जनता’, ‘जनार्दन’ भनी, त्यै हो महा–शासक ।।३।।

पुत्ला ख्याक बनी सधैँ मुलुकमा, ज्यादै अशान्ति दिने
चन्दा दान पराइका ऋण कयौं, आफन्तमा पस्किने ।
त्यस्ता दुष्ट र रुष्ट–क्रुद्ध अगुवा, निर्लज्ज नालायक
जो मान्छन् ‘जनता’, ‘जनार्दन’ भनी, त्यै हो महानायक ।।४।।

धादिङवेँसी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’