सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठट्यौली : नटुरेको अर्थ

Nepal Telecom ad

अंग्रेजीको प्रोफेसरसँग एउटा विद्यार्थीले सोध्यो ….

सर ‘नटुरे’ को अर्थ के हो ?
प्रोफेसर साहब हैरान !
प्रश्न टाल्नको लागि भनिदिए भोलि जवाफ दिउँला ।

उनले घर गएर पूरा डिक्सनरीमा खोजी गरे,
तर नटुरे शब्द फेला परेन ।
भोलिपल्ट विद्यार्थीले फेरि सोध्यो
सर नटुरे को मतलब के हो ?
त्यस दिन पनि उनले कुरा टारी दिए ।

अब त उसले हरेक दिन त्यही प्रश्न सोध्न थाल्यो ।
प्रोफेसर साहब त्यो विद्यार्थीदेखि यति डराउन थाले कि उसलाई देख्नासाथ बाटो नै बदल्न थाले,
तर पनि प्रत्येक दिन आएर उनलाई टेन्सन दिएर जान थाल्यो ।
अन्तिममा, अति नै भएपछि उनले त्यस केटालाई भने मलाई नटुरेको स्पेलिङ बताऊ ।
केटाले भन्यो.

NATURE

अब त प्रोफसर साहबको रिसको पारो चढ्यो ।
उनले त्यस केटालाई भने–
मलाई बेवकूफ बनाउँछस्,
नेचरलाई नटुरे भनि भनि तैँले मलाई बाँच्न मुश्किल गरि दिएको थिइस् ।
अब म तँलाई यो कलेजबाट निकाल्न लगाउँछु ।

केटाले तुरुन्तै प्रोफेसर साहबको खुट्टा समाएर रुँदै भन्यो–
सर यस्तो अनर्थ नगर्नु होला नत्र त मेरो
“फुटुरे” (Future)
खराब हुनेछ ।….

प्रोफेसर अहिले पनि अस्पतालमा कोमामा छ रे ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad