सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हेर्नु पर्या कस्तो !

Nepal Telecom ad

१. महासामन्त पो चर्को जनताको नाउँ
जप्न थाले हरे ! हरे ! सुन्नु पर्या कस्तो !

२. पद सत्ता कति स्वाद ! आनन्द छ कति !
हुस्सु लाटो के जान्दछ ! देख्नु पर्या कस्तो !

३. नाकाबन्दी भन्दा सानो भुइँचालो भयो !
बाबु सारो कङ्स जाडो ! हेर्नु पर्या कस्तो !

४. नाकाबन्दी विरोध त फेसन पो भयो !
तस्करीको मिठो स्वाद ! छ्याङ्ग भयो कस्तो !

५. यताका छन् पारितिर उताका छन् यता !
समस्यामा चुर्लुम्म छन् ! दृष्टि शून्य कस्तो !

६. रेडियो र टिभी यता उता सवैतिर
अचेल त झुट्टो खेती ! छ्याङ्ग ! गर्छन् कस्तो !

७. विज्ञानको उन्नति त चेतनाको खेदो !
कस्तो जुग ! बिब्ल्याँटियो ! यस्तो उल्टो कस्तो !

८. आँखा छ त लाटो भई हेर तमासा नै !
‘ऋषि मन’ खोज्ने ऋषि ! हेर्नु पर्यो ! कस्तो !

झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी
गफडी पर्‍यो अलपत्र !

गफडी पर्‍यो अलपत्र !

चूडामणि रेग्मी
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
गफ सुप्रबन्ध !

गफ सुप्रबन्ध !

चूडामणि रेग्मी