सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बिचरा देश !

Nepal Telecom ad

यो त आफ्नो कोठाको ढोका जस्तै भएको छ
मन लागेको बेलामा बन्द हुन्छ,
मन लागेको बेलामा खुला हुन्छ ।
चिप्लिकिराको माउ जस्तै भएको छ ,
अव्यवस्थित, जीर्ण र जर्जर भएको छ ।
एउटा विदेशी साथीले माया गरेर सोध्यो,
अब तँ कहाँ फर्कन्छस ? तेरो त देशै बन्द छ,
म झसङ्ग भएँ, भावुक बनायो यो प्रश्नले,
तर मलाई थाहा छ,
मेरो देशमा बन्द त दालभात जस्तै भएको छ ।
हामी पक्कै बन्दका समर्थक छौं,
तपाइँहरू बन्दको आह्वान गर्नोस्,
हामी काँधमा काँध मिलाएर समर्थन गर्छौ ।
तपाई हामीलाई नेतृत्व दिनोस्,
हामी सधै तपाइँलाई साथ दिन्छौं ।
रातारात अरबपति बनाउने घुसखोरीका
अड्डाहरू बन्द गर्नोस्,
जनाताको रगतपसिनालाई लात हानेर
ठड्याएका महलहरू बन्द गर्नोस् ।
सुधारका नाममा भैरहेको
ठगी व्यापारलाई बन्द गर्नोस् ।
विकासको नाममा भैरहेको
आर्थिक ब्रह्मलुटलाई बन्द गर्नोस् ।
सर्वसाधारणले धान्नै नसक्ने गरी
आकासिएको महंगी बन्द गर्नोस्,
आफ्नो जिम्मेवारी बहन गर्न नसकेका
सबै निकायहरू बन्द गर्नोस् ।
सधैं धुरुक्क पारेको लोडसेडिङलाई बन्द गर्नोस् ।
नातावाद र कृपावादलाई बन्द गर्नोस्
चाकरी, चुक्ली र चाप्लुसीलाई बन्द गर्नोस् ।
जनताको जीवनसँग गम्भीर खेलबाड भएको
खाद्य मिसावटलाई बन्द गर्नोस् ।
अनुत्पादक सुविधा र अनावश्यक भत्ताहरू बन्द गर्नोस् ।
ढिलासुस्ती र कामै नगर्ने प्रवित्तिलाई बन्द गर्नोस् ।
अन्याय, अत्याचार र लुटपाटहरू बन्द गर्नोस्
हत्या, अपहरण र बलत्कार जस्ता
अमानवीय तथा पाशविक कुराहरु बन्द गर्नोस् ।
अनि यस्तै यस्ता अनेकौ विसंगति र बिकृतिहरू,
बन्द गर्नोस् ।
बिचरा देशलाई किन बन्द गर्नुहुन्छ ?
देश त निरन्तर चल्नु पर्छ,
सदासर्बदा खुल्ला रहनु पर्छ,
चीर चीर कालसम्म पनि,
सुन्दर र शान्त रहनु पर्छ ।

पुरानो नैकाप, काठमाडौं
हाल : अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल