धोक्राको धान मुसालाई भोज
घरमा ग्यास छैन बुढी, बेस्सरी खाऊ भोज
निम्तो आएपछि नातिको
ससुराको माइतीले बोलाए पनि जानु पर्छ
दुई चार दिन पेटै झरोस्, टन्न खानु पर्छ
केपीको गोलीले फट्याङ्ग्र्रो पनि मर्दैन
हामी भोको भए उनलाई केही फरक पर्दैन
ओलीले बोली छिमेकीलाई झन बोज
घर ग्यास छैन बुढी, टन्न खाउ भोज
ग्यास आउछ भन्दै डिपो डिपोमा हिँडियो
तर पाउँदै पाउँदैन
ओलीले जोडी दिन्छु भनेको पाइप पनि
खै आउँदै आउँदैन !!
गिठेको कुरा के हुन्थे पूरा
एक रौ पनि काटिँदैन, मुखले चलाए नि छुरा
ल खाम बोक, ल दाम बोक
ग्यास छैन घरमा बुढी
टन्न भात त, भोजैमा ठोक ।

दाङ, हाल : काठमाडौं