देखिँदैन
सेतो हुँदै गएको
मेरो कपाल,
चर्किँदै गएको भित्ता
आफ्नो घरको,
देखिँदैन
क्यालेण्डर पनि
दिनगन्तीको—
घट्दै गएको ।
न त देखिन्छ
छिमेकीका
आँसुका छिर्काहरू ।
बरु फूलहरू कल्पनामा सजाउन पाइन्छ,
बरु रहरहरू सपनामा दौडाउन पाइन्छ,
रात त्यसैले प्रिय लाग्छ,
आँखा चिम्लेर छामिरहुँ
— निष्पट्ट कालो रात ।

काठमाडौं