१. अर्काको त के सुन्ने हो ? आफ्नै पो त भन्ने !
यो नेपालमा आफू ठुलो ! आफ्नो मात्र जान्ने !

२.थाङ्ने कुरा लेखे पनि जुँगा ताउ लाउने !
फलानाजी ! भनिहाल्छन् पात्र आफू ठान्ने !

३. जुन तन्त्र आओस् देश हामी जस्ताकै छ !
जुँगा ठाडो पारी हिँड्ने छात्र अरु ठान्ने !

४.यता हेर उता हेर फिरेको छ हावा !
आफूलाई अनुकूल मात्र आफैं पार्ने !

५. महाविद्यालय लाटा ! हामी पो त बाठा !
छेरुवाको ताँती ! ओहो ! हाहा हामी हाँस्ने !

६.आधुनिक प्रयोग र वैज्ञानिक अरे !
खालो सारे ! नेपालमा सधैं हामी जान्ने !

७. कस्ता कस्ता विचित्रका नेता हावा खाए !
वुढा वाघ ती त ! हामी व्वाँसा देख्ता मान्छे !

८. किसान र नारी जागे ! मजदुर उठे !
प्रतिक्रान्ति जगाउने मूर्ति हामी मान्छे !

झर्रो नेपाली घर, चन्द्रगढी झापा