सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अप्रेसन

Nepal Telecom ad

एम्बुलेन्सबाट स्ट्रेचरमा झार्दै उसलाई अस्पतालमा पु¥याइयो । अप्रेसन थिएटरमा उसका सम्पूर्ण कपडा र चीजबिजहरू एक–एक गर्दै खोले र डक्टरहरूले तर्कवितर्क गर्न थाले, ‘‘होइन यसलाई के भएको हो, हलचल त गर्दैन त ? घाउ पनि कतै छैन, हात पनि भाँचिएको छैन, खुट्टा पनि दुरुस्त छ, ढाड पनि केही भएको छैन, केको अप्रेसन गर्ने हो यसको ? खै यसको एक्स–रे रिर्पोट ?’’

‘‘एक्स–रे रिर्पोट किन चाहियो ? एक्स–रे रिर्पोट बिना पनि यसको अप्रेसन गर्न सकिन्छ ।’’ अर्को डक्टर कड्कियो । ‘‘के को अप्रेसन गर्ने, कुन अंग अप्रेसन गर्ने, के गर्दा घाइते भएको हो त्यो त कमसेकम थाहा पाउनु पर्यो नि त । तपाईंहरू परिपक्व डक्टर भएर पनि यस्तो ख्यालठट्टा गर्नुहुन्छ ।’’ अर्को डक्टरले गम्भीर भएर कुरा राख्यो ।

‘‘पदैन, पर्दैन एक्स–रे गर्नु पर्दैन, विनाएक्स–रे पनि अप्रेसन गर्न सकिन्छ । उसको अप्रेसन गर्ने अङ्ग भित्र भनौँ भने बाहिरै छ, बाहिर भनौँ भने भित्रै छ ।’’

‘‘को मान्छे हो त यो ?’’ अर्को डक्टरले सोध्यो ।
‘‘जो सुकै होस् न किन चाहियो त ? मान्छेभन्दा पनि अप्रेसन ठूलो कुरा हो ।’’ अर्को डक्टरले पुलुक्क हे¥यो ।
‘‘के गर्दा बेहोस भएको रहेछ नि ?’’ अझ अर्को डक्टरले सोध्यो ।
‘‘कानुन नमान्दा बेहोस परेको रे ।’’ बरिष्ठ डक्टरले भन्यो ।
‘‘कानुन नमान्दा ? ए ! यो वकिल हो कि न्यायाधीश ? ’’
‘‘वकिल र न्यायाधिशभन्दा पनि माथ्लो भन्छन्’ अर्को डक्टरले भन्यो ।
‘‘के को अप्रेसन गर्ने त ?’’ अझैँ अर्कोले सोध्यो ।
‘‘बोलीको अप्रेसन’’ अर्कोले जवाफ दियो ।
‘‘बोलीको भन्नु’भो या गोलीको मैले त अझैँ बुझेन नि !’’
‘‘गोलीको अप्रेसन त गोलीको नै हो तर बोलीको गोलीको अप्रेसन गर्नुप¥यो रे !’’
‘‘बोलीको ?’’ सबै डक्टरहरू हेरेको हे¥यै भए । ‘‘बोल्यो कि त देशै अवरुद्ध भइहाल्छ त्यसैले उहाँको बोलीको अप्रेसन गर्नु¥यो । त्यसो त बोली निस्कने मुखबाट नै हो त्यो पनि मुख्य भूमिका त जम्पिङ जिब्रेले नै खेल्छ त्यसैले उहाँको जिब्रोको अप्रेसन गर्नुप¥यो ।’’
‘‘के गर्ने त काटेर फालिदिने ?’’ पहिलो डक्टरले सोध्यो ।
‘‘कि अर्को थपिदिने ?’’ दोस्रो डक्टरले भन्यो ।
‘कि खोल हालिदिने ?’’ तेस्रो डक्टरले भन्यो ।
‘‘कि दुईचिरा पारिदिने ?’’ चौँथो डक्टरले भन्यो ।
‘‘कि जिब्रामा गल झुन्ड्याइदिने ?’’ पाँचौँ डक्टरले भन्यो ।
‘‘कि आधा काटेर छोटो बनाइदिने?’’ छैठौँ डक्टरले भन्यो ।
‘‘अप्रेसन गर्ने डक्टरलाई मार्ने कानुन बनायो भने !’’ सातौँ डक्टर बोल्यो ।
‘‘कानुन बनाउन सक्ने भए त फ्यान्ट नै हुने थिएन नि !’’ आठौँ डक्टर बोल्यो ।
‘‘त्यसो भए यसको जिब्रो कस्तो रहेछ हेरौँ न त !’’ सबै डक्टरहरू यसको जिब्रो चेक गर्न राजी भए । औजारहरू प्रयोग गरेर उसको मुख फट्याइयो र जिब्रो निरीक्षण गर्न थालियो ।

‘‘ओहो ! यसको जिब्रोमा त लेबल टाँसेको रहेछ ! जिब्रा दुईटा रैछन्, एउटामा नेपाली र अर्कोमा विदेशी लेखेको रै’छ ! एउटामा गर्नपर्छ भने अर्काेमा गर्नहुँदैन भन्ने लेखेकोछ । तर विदेशी लखेको जिब्रोले दुइटै जिब्रोलाई घपलक्क छोपेको रै’छ, अब के गर्ने ?’’ मुख्य डक्टरले अन्य डक्टरहरूसँग सोध्यो ।

यस्ता दुइजिब्रेहरूको काम छैन दुइटै जिब्रालाई काटेर मिल्काइदे¬¬¬ऊ अन्य डक्टरहरूले भने, ‘बिरामी ल्याउने चाहिँ को हो उसलाई सोधौँ न’ भन्दै एउटा डक्टर बाहिर आएर कराउन थाल्यो–‘‘फल्ना बिरामीको धरालु को हो ?’’
‘‘हामी हौं ।’’ ठूलो जनसमूह चिच्याउन थाले ।
‘‘कस्तो अप्रेसन गर्ने त उसको ?’’ फेरि डक्टर चिच्यायो ।
‘‘त्यो दुईजिब्रेको विदेशी लेखेको लेबललाई कटाइदिनुस् र एउटा जिब्रो बनाइदिनुस् ।’’

डक्टर हतार हतार अप्रेसन थिएटरतिर गयो र मुख्य डक्टरहरूलाई सबै कुरा बतायो । फेरि उसको मुख फट्याउँदै विदेशी लेखेको लेबललाई काटेर फाल्दै सुपर ग्लूको ठूलो बोतल टेबलमा ल्यायो र उसका दुईवटा जिब्रोको बीचमा लततत् सुपर ग्लु खन्यायो र चेप्टाइदिएर एउटै बनायो ।

अब यो कस्तो बोल्ला भन्ने उत्सुकताको साथ होसमा नआउँदासम्म डक्टरहरू उसको वरिपरि घेरिएर बसे ।
अस्तु !

प्युठान

Fitkauli Publication Books comming soon
Nepal Telecom ad