वीर गोर्खाली…
वीर गोर्खाली हौं, देश नेपाल ।
आफ्नो परिचय, आफैं समाल ।।
गयो हाम्रो कुरा गयो, हावा विदेशको चल्यो ।
भयो यो त अति भयो, हाम्रो स्वाभिमान ढल्यो ।।
थोत्रो भयो डम्फु, फुट्यो मादल ।
हाम्रो संस्कृतिमा, लाग्यो बादल ।।
गाइने दाजु थलिए, छैन सारङ्गी ।
हराए छ ख्याली, कर्खा, मारुनी ।।
गयो हाम्रो कुरा गयो, हावा विदेशको चल्यो ।
भयो यो त अति भयो, हाम्रो स्वाभिमान ढल्यो ।।
चौबन्दी र चोली, गाउँमै हरायो ।
टाउका नदेखेर, टोपी डरायो ।।
भातसँग मूर्ति, बेद साटियो ।
कुलद्यौतासँग, क्षेद साटियो ।।
गयो हाम्रो कुरा गयो, हावा विदेशको चल्यो ।
भयो यो त अति भयो, हाम्रो स्वाभिमान ढल्यो ।।
धादिङ