चार ठोक्तक
१.
गोलो अनि उज्यालो हुँदैमा रवि हुने भए
आफन्तको नामले आफ्नो छवि हुने भए
कसले पुछ्थ्यो मुनामदन र तरुण तपसी ?
दुई, चार कविता लेख्दैमा कवि हुने भए !
२.
सयौं शब्दले धोए पनि शब्दको दाग नधुन सक्छ
मलाई छोकै यो बतासले, तिमीलाई नछुन सक्छ
कत्ति सजिलै भन्यौ तिमीले फुर्सदमा भेटछु भनेर
तिमीलाई फुर्सद हुँदा, मलाई नि फुर्सद नहुन सक्छ !
३.
म शिशा बाहिर तिमी भित्र परेछौ
म परेँ सादा, तिमी रंगिन चित्र परेछौ
तिमीलाई देख्न पनि घामपानी कुर्नु पर्ने
इन्द्रेणी झैँ तिमी, मौसमी मित्र परेछौ !
४.
म आफैँ फुल्छु, म आफैँ झर्छु
झरेरै पनि धरामा सुगन्ध छर्छु
तुलसी होइन म तिम्रो आँगनको
म टुक्रा टुक्रामा पारिजात सर्छु !