सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सरकारी घोडा

Nepal Telecom ad

राजा चढे पनि
राणा चढे पनि
नेता चढे पनि
सधै
उस्तै गति
उही चाल
उस्तै मति
उही ताल
जनताको लागि
सुस्ताउँछ गोडा
वा ! सरकारी घोडा ।

कहिले मेची काली कुदेको छ
कहिले काठी फाली जुदेको छ
खाँदै जनताको धान
झार्दै जनतालाई शान
हिनहिनाइ रहेको छ
खोज्दै जोडा
वा ! सरकारी घोडा ।

जति रुप हेरे पनि
जति नाम फेरे पनि
खान्छ यो जनताको नुन
मान्छ यो मालिकको गुण
लाउँदै जनतालाई चुन
जनताको लागि
छ यो टेडा
छ विचित्रको यो
सरकारी घोडा ।

जनताको पसिना
जनताकै घाँस
देखाउँछ सधै
जनतालाई आस
जनतालाई ठगी
मालिकको खास
जनतालाई यो
ठान्दछ भेडा
वा ! सरकारी घोडा ।

कहिले वारि
कहिले पारि
कुदाउँछ गोडा
केही पाइन्छ भनी
बोक्दछ रोडा
बनाउने भन्दा
भत्काउँछ मोहडा
छ गजबको यो
सरकारी घोडा ?

कहिले बन्छ यो
राजतन्त्रे घोडा
कहिले भन्छ यो
प्रजातन्त्रे घोडा
तर जहिले पनि
ठगतन्त्रे घोडा
कहिले बन्ने यो
लोकतन्त्रे घोडा ?

जनतालाई अझै
रणभुल्ल पार्दैछ
खाँदै पेडा
वा ! सरकारी घोडा ।

दाङ, हाल काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हेल्लो नयाँ वर्ष

हेल्लो नयाँ वर्ष

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे
स्याल र चल्ला

स्याल र चल्ला

प्रेम ओली ढकलपुरे
रक्सीको आविष्कारक

रक्सीको आविष्कारक

प्रेम ओली ढकलपुरे
घुस प्रेमी

घुस प्रेमी

प्रेम ओली ढकलपुरे
झोलेनाथ

झोलेनाथ

प्रेम ओली ढकलपुरे