‘यसको निधार ठ्याम्मै मेरो जस्तो छ’ सानो बच्चालाई म्वाइ खाँदै बाबुले भन्यो– ‘यसको र मेरो नाक पनि पूरापूर मिल्छ ।’

पहारिलो घाममा रमाइरहेको दुई वर्षको घोर्ले छोरोलाई चलाउँदै बाबुले पुन थप्यो– ‘यसको र मेरो आँखा मिल्छ, टाउको मिल्छ, मुख मिल्छ, छालाको रंग मिल्छ, हाँसो मिल्छ....।’

पत्नीले घाममा बसेर कपडा धुँदै पतिको कुरा सुनिरहेको थिई । उसलाई खुसी मात्र होइन, भित्रैदेखि हाँसो पनि लागिरहेको थियो ।

उसको मुखले भनिरहेको थियो– छोराको र हजुरको अनुहार दुरुस्तै छ । उसको मनले भनिरहेको थियो– ‘छोराको र मेरो पुरानो प्रेमीको अनुहार दुरुस्तै छ ।’

काठमाडाैं